१९ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा शनिबार प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राजस्व बाँडफाँडसहितको विधेयक प्रस्तुत गरेका हुन् ।
मन्त्री ढुंगेलले प्रस्तुत गरेको विधेयकमा सवारी कर प्रदेशलाई ८० र स्थानीय तहलाई २० प्रतिशत, घरजग्गा रजिष्ट्रेशन शुल्क प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत, विज्ञापन कर प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत बाँडफाँड हुने उल्लेख छ । मनोरञ्जन कर प्रदेशलाई ४० र स्थानीय तहलाई ६० प्रतिशत, पर्यटन कर प्रदेशलाई ५० र स्थानीय तहलाई ५० प्रतिशत, ढुंगा, गिटि, बालुवा, चुनढुंगा, खरी ढुंगा, अभ्रख र दहत्तर बहत्तर कर प्रदेशलाई ५० र स्थानीय तहलाई ५० प्रतिशत बाँडफाँड हुने जनाईएको छ । करको दर भने आर्थिक ऐनमा तोकिने विधेयकमा उल्लेख गरिएको छ ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले विधेयक हतारमा आएको र समेट्नुपर्ने विषयहरु छुटेको भन्दै सुधार आवश्यक रहेको बताएका थिए । वित्तिय हस्तान्तरण भन्ने वित्तिकै अनुदान र राजस्वलाई मात्रै ध्यान दिएको भन्दै उनीहरुले ऋण र सहयोगबारे पनि विधेयकमा उल्लेख गर्नु जरुरी रहेको बताए ।
बैठकमा प्रदेशसभा सदस्य दीपक निरौला, प्रभात तामाङ, केशव पोखरेल, सरेश नेपाल र सन्तबहादुर प्रजाले विधेयकको सैद्धान्तिक पक्षबारे धारणा राखेका थिए । विधेयकबारेका जिज्ञासाहरुको जवाफ दिंदै मन्त्री ढुंगेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझावलाई आवश्यकता अनुसार समेटिने बताए । बैठक आइतबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)