Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कम्युनिष्ट शासनमा समृद्धि आउनै सक्दैन : बानियाँ

राप्रपा जिल्ला सदस्यसहित ३ सय जना काँग्रेस प्रवेश

Indra-Baniya-1527947336.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावि गरेका छन् । बाग्मति गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले कुरा बढि र काम कम गर्ने कम्युनिष्टहरुको शासनमा देशमा समृद्धि आउन नसक्ने दावि गरेका हुन् ।
उनले कांग्रेसले विगतमा गरेको बाचा पुरा गरेको भन्दै देशको समृद्धिका लागि पनि कांग्रेसले नै पहल गर्ने बताए । देशका ठूला परिवर्तनमा नेतृत्व गरेको कांग्रेसको राजनैतिक धारमा कम्युनिष्टहरु आउनु कांग्रेसको राजनैतिक विजय भएको बताए । आफु विगतदेखि नै जिल्लाको विकासमा प्रतिवद्ध भएर लागेको स्मरण गर्दै उनले आगामी दिनमा पनि स्थानीय समस्या समाधानमा लागि रहने प्रतिवद्धता व्यक्त गरे । 
वडा सभापति ओमनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य चोकबहादुर ठाडा, ७ नम्बर वडा अध्यक्ष डिल्ली घोरासैनी, वडा सदस्य समिक्षा विक, बाग्मति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, तत्कालिन फापरवारी सभापति शम्भु राई, शिक्षक संघ फापरवारी सभापति जय नेपाल थापा, हर्कबहादुर डिम्डुङ, शंकर पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राप्रपा जिल्ला सदस्यसहित ३ सय जना काँग्रेसमा
७ नम्बर वडा भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य एवं समानुपातिक उम्मेदवार डम्बर विक, नेपाल लोकतान्त्रिक फोरम युवा संघका जिल्ला अध्यक्ष शेरबहादुर रानासहित ३ सय जना कांग्रेस प्रवेश गरेका छन् । भेलामा राप्रपाबाट १ सय ६५ र १ सय ३५ जना नेकपा कम्युनिष्ट पार्टी (नेकपा) बाट कांग्रेसमा प्रवेश गरेको भेला आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै नेता विकले राप्रपामा परिवार हावि रहेको र पार्टीलाई क्लवको रुपमा संचालन गर्ने प्रवृत्तिका कारण आफुले राप्रपा त्याग्नु परेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार