१९ जेठ ,हेटौंडा ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी, सदस्यहरुमा होमनारायाण चौधरी, विसुनदयाल चौधरी, मेनुका फौजदार, निलम चौधरी, मुकेशप्रसाद चौधरी र देवकान्त चौधरी चयन भएका हुन् । त्यस्तै प्रमानन्द चौधरी, गिता चौधरी र अमरकान्त चौधरीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष प्रेमीलाल चौधरीको प्रमुख आतिथ्य तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण चौधरी र नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्य रहेको थियो ।
थारु कल्याणकारिणी सभा मकवानपुरका सभापती हरिलाल चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्ण सारु मगर लगाएतकाले बोलेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीले आफ्नो स्वर्गीय श्रीमान गोपाल चौधरीको नाममा जेहेन्दार विद्यार्थी र थारु अगुवालाई सम्मान गर्न अक्षय कोषका लागि नगद २५ हजार पाँच रुपैंया प्रदान गरेकी छिन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...









-nepal-1792111426.jpg)







