२१ जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुकका लागि भ्रष्टाचारविरुद्ध आक्रमणको नीति लिएको बताएका छन् ।
प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सुशासन पहिलो शर्त रहेको भन्दै वर्तमान सरकारले गरिबि, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए । उनले सबै खाले सिण्डिकेट अन्त्य गर्ने र यो कार्यक्रममा लाग्न प्रदेश सरकारलाई सुझाव दिए । अहिले जनताले चाहे अनुसार बहुमतको सरकार रहेको भन्दै विकास गर्ने अनुकुल वातावरण रहेको बताए । उनले विकासका खाका सुनाउँदै उनले तीन तहबीचको समन्वय आवश्यक रहेको बताए ।
उनले स्थानीय तह र प्रदेश सरकार छुट्टै सरकार नभई विकासका लागि संघीय सरकार अन्तरगतकै संरचना भएको बताए । उनले अबको समय विकासको समय भएकाले सबै खाले हिंसात्मक आन्दोलन ल्याग्न सुझाव दिए । छुट्टै मधेश जस्ता गतिविधिलाई आपराधिक गतिविधिको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले यस्ता कार्य सरकारलाई स्विकार्य नहुने बताए । उनले शान्तिपूर्ण वार्तामार्फत समस्या समाधानका लागि आव्हान समेत गरे । प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकारले कार्य अघि बढाएको भन्दै आयात न्यूनिकरण गर्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरणका लागि सरकार अघि बढेको भन्दै उद्योग स्थापनाका लागि नीति क्षेत्रसंग सहकार्य गर्ने समेत बताए । उनले आफु प्रधानमन्त्री भएपछि भारतसंगको समन्वयमा सुधार आएको बताउँदै छिमेकी र अन्तराष्ट्रिय क्षेत्रसंगको सुमधुर सम्बन्धबाट मात्रै विकास सम्भव रहेको बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)