Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकासका लागि भ्रष्टाचार विरुद्ध आक्रमणको नीति : प्रधानमन्त्री ओली

PM1-1528106892.jpg

२१ जेठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुकका लागि भ्रष्टाचारविरुद्ध आक्रमणको नीति लिएको बताएका छन् ।  
प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सुशासन पहिलो शर्त रहेको भन्दै वर्तमान सरकारले गरिबि, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए । उनले सबै खाले सिण्डिकेट अन्त्य गर्ने र यो कार्यक्रममा लाग्न प्रदेश सरकारलाई सुझाव दिए । अहिले जनताले चाहे अनुसार बहुमतको सरकार रहेको भन्दै विकास गर्ने अनुकुल वातावरण रहेको बताए ।  उनले विकासका खाका सुनाउँदै उनले तीन तहबीचको समन्वय आवश्यक रहेको बताए । 
उनले स्थानीय तह र प्रदेश सरकार छुट्टै सरकार नभई विकासका लागि संघीय सरकार अन्तरगतकै संरचना भएको बताए । उनले अबको समय विकासको समय भएकाले सबै खाले हिंसात्मक आन्दोलन ल्याग्न सुझाव दिए । छुट्टै मधेश जस्ता गतिविधिलाई आपराधिक गतिविधिको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले यस्ता कार्य सरकारलाई स्विकार्य नहुने बताए । उनले शान्तिपूर्ण वार्तामार्फत समस्या समाधानका लागि आव्हान समेत गरे । प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकारले कार्य अघि बढाएको भन्दै आयात न्यूनिकरण गर्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । 
उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरणका लागि सरकार अघि बढेको भन्दै उद्योग स्थापनाका लागि नीति क्षेत्रसंग सहकार्य गर्ने समेत बताए । उनले आफु प्रधानमन्त्री भएपछि भारतसंगको समन्वयमा सुधार आएको बताउँदै छिमेकी र अन्तराष्ट्रिय क्षेत्रसंगको सुमधुर सम्बन्धबाट मात्रै विकास सम्भव रहेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार