२२ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा मंगलबारदेखि आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ ।
प्रदेशसभा भवन हेटौँडामा शुरु भएको छलफलमा विपक्षि दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम यथार्थपरक भन्दा काल्पनिक भएको भन्दै आलोचना गरेका छन् भने सत्ता पक्षले अहिलेको आवश्यकता अनुसार नीति तथा कार्यक्रम आएको भन्दै बचाउ गरेका छन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रममा विभिन्न आयोग, केन्द्र, प्रतिष्ठान गठन गर्ने उल्लेख गरेको भन्दै यसलाई कार्यकर्ता पाल्ने उद्देश्यमात्रै भएको टिप्पणी गरेका छन् । उनले भूकम्पबाट प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले यसबारे वेवास्ता गरेको भन्दै नीति तथा कार्यक्रममा धेरै ‘धव्बा’ रहेको बताए ।
विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले नीति तथा कार्यक्रम तथ्यमा भन्दा नारामात्रै आधिरित भएको बताए । उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम सरकार जस्तो नभई गैरसरकारी संस्थाले ल्याउने योजना जस्तो भएको बताए । नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रममा धेरै क्षेत्र समेट्न खोज्दा धेरै कुरा छुटेको भन्दै यसलाई ‘कलिलो बालकको बाल कविता’को संज्ञा दिए । राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले नीति तथा कार्यक्रमले प्रदेश विकासमा आशा जगाउने भन्दा पनि निरासा उत्पन्न गराएको उल्लेख गर्दै खर्चमात्रै बढाउने ढंगले नीति तथा कार्यक्रम आएको बताईन् ।
राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले बलियो कम्युनिष्ट सरकारले ल्याएको कमजोर नीति तथा कार्यक्रम भन्दै हेटौँडा अस्ताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना खारेज गर्न र भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चेपाङ–वनकरिया सुरुङ मार्ग नामाकारण गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमले प्रदेशका धेरै विषय समेटेको भन्दै प्रशंसा गरे । उनले कानून निर्माणलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताए । उनले ‘एक घर, एक धारा’ जस्तो कार्यक्रम भने असम्भव रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य कुमारी मोक्तानले अन्य कुनै नाममा भए पनि संसद बिकास कोषको व्यवस्था हुनुपर्ने बताईन् । प्रदेशसभा सदस्य प्रदीपकुमार कटुवाल क्षेत्री केसीले सरकारले ल्याएको बजेट समय सुहाउँदो रहेको बताएका थिए । छलफल बुधबार पनि जारी रहने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
वित्तीय हस्तान्तरण विधेयक समितिमा
प्रदेश ३ को प्रदेशसभा बैठकमा प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक दफावार छलफलका लागि प्रस्तुत भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक दफावार छलफलका लागि प्रस्तुत गरेका हुन् । बैठकमा मन्त्री ढुंगेलले विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव राखेका थिए । विषयगत समितिमा पठाउन प्रदेशसभा उपसभामुख राधिका तामाङले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मत रुपमा पठाउने निर्णय भएको हो । अब विधेयकमाथि अर्थ विकास समितिमा दफावार छलफल हुनेछ । मन्त्री ढुंगेलले जेठ १९ गते प्रदेश वित्तिय हस्तान्तरण विधेयक प्रदेशसभामा पेश गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)