२२ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा मंगलबारदेखि आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ ।
प्रदेशसभा भवन हेटौँडामा शुरु भएको छलफलमा विपक्षि दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम यथार्थपरक भन्दा काल्पनिक भएको भन्दै आलोचना गरेका छन् भने सत्ता पक्षले अहिलेको आवश्यकता अनुसार नीति तथा कार्यक्रम आएको भन्दै बचाउ गरेका छन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रममा विभिन्न आयोग, केन्द्र, प्रतिष्ठान गठन गर्ने उल्लेख गरेको भन्दै यसलाई कार्यकर्ता पाल्ने उद्देश्यमात्रै भएको टिप्पणी गरेका छन् । उनले भूकम्पबाट प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले यसबारे वेवास्ता गरेको भन्दै नीति तथा कार्यक्रममा धेरै ‘धव्बा’ रहेको बताए ।
विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले नीति तथा कार्यक्रम तथ्यमा भन्दा नारामात्रै आधिरित भएको बताए । उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम सरकार जस्तो नभई गैरसरकारी संस्थाले ल्याउने योजना जस्तो भएको बताए । नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रममा धेरै क्षेत्र समेट्न खोज्दा धेरै कुरा छुटेको भन्दै यसलाई ‘कलिलो बालकको बाल कविता’को संज्ञा दिए । राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले नीति तथा कार्यक्रमले प्रदेश विकासमा आशा जगाउने भन्दा पनि निरासा उत्पन्न गराएको उल्लेख गर्दै खर्चमात्रै बढाउने ढंगले नीति तथा कार्यक्रम आएको बताईन् ।
राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले बलियो कम्युनिष्ट सरकारले ल्याएको कमजोर नीति तथा कार्यक्रम भन्दै हेटौँडा अस्ताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना खारेज गर्न र भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चेपाङ–वनकरिया सुरुङ मार्ग नामाकारण गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमले प्रदेशका धेरै विषय समेटेको भन्दै प्रशंसा गरे । उनले कानून निर्माणलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताए । उनले ‘एक घर, एक धारा’ जस्तो कार्यक्रम भने असम्भव रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य कुमारी मोक्तानले अन्य कुनै नाममा भए पनि संसद बिकास कोषको व्यवस्था हुनुपर्ने बताईन् । प्रदेशसभा सदस्य प्रदीपकुमार कटुवाल क्षेत्री केसीले सरकारले ल्याएको बजेट समय सुहाउँदो रहेको बताएका थिए । छलफल बुधबार पनि जारी रहने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
वित्तीय हस्तान्तरण विधेयक समितिमा
प्रदेश ३ को प्रदेशसभा बैठकमा प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक दफावार छलफलका लागि प्रस्तुत भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक दफावार छलफलका लागि प्रस्तुत गरेका हुन् । बैठकमा मन्त्री ढुंगेलले विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव राखेका थिए । विषयगत समितिमा पठाउन प्रदेशसभा उपसभामुख राधिका तामाङले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मत रुपमा पठाउने निर्णय भएको हो । अब विधेयकमाथि अर्थ विकास समितिमा दफावार छलफल हुनेछ । मन्त्री ढुंगेलले जेठ १९ गते प्रदेश वित्तिय हस्तान्तरण विधेयक प्रदेशसभामा पेश गरेका थिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















