२३ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ । दुईसम्म चलेको छलफल बुधबार सकिएको हो ।
छलफलमा भाग लिंदै विपक्षी दलकी प्रदेशसभा सदस्य सिर्जना शैज्युले जिर्ण विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसक्ने भन्दै यसबारे नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताईन् । उनले ज्येष्ठ नागरिकको हितमा प्रदेश सरकारले ठोस नीति एवं योजना ल्याउन नसकेको बताईन् । प्रदेशसभा सदस्य डा. राजाराम कार्कीले नीति तथा कार्यक्रम बास्तविकतामा भन्दा भावनामा आधारित भएको भन्दै अमूर्त नीति तथा कार्यक्रमले प्रदेश समृद्ध नहुने बताए ।
प्रदेशसभा सदस्य निमा लामाले प्रदेशको नीति तथा कार्यक्रमले भूकम्प प्रभावितलाई नछोएको बताए । उनले प्रदेश सरकारले आर्थिक बर्ष ०७५/०७६ लाई उद्योग बर्ष घोषणा परेपनि नीति तथा कार्यक्रमले लगानीमैत्री वातावरण बनाउनेतर्फ उल्लेख नगरेको बताए । प्रदेशसभा सदस्य विजया श्रेष्ठ केसीले यौनिक एवं अल्पसंख्यक समुदायलाई नीति तथा कार्यक्रमले उपेक्षा गरेको बताईन् ।
छलफलमा सत्तापक्षीय प्रदेशसभा सदस्य बुद्धिमान माझीले प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने नीति तथा कार्यक्रमले देखाएको भन्दै प्रशंसा गरे भने प्रदेशसभा सदस्य पशुपति चौलागाईले नीति तथा कार्यक्रम समय सापेक्षा रहेको बताए । प्रदेशसभा सदस्य कञ्चन खनालले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै ‘शव्दकोषबाट शव्द छानेर लेखेको सुन्दर कविता’ को संज्ञा दिईन् । उनले लैंगिक समनताबारे नीति तथा कार्यक्रमले समेट्नु जरुरी रहेको भन्दै चेपाङ विकास कार्यक्रमलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताईन् ।
प्रदेशसभा सदस्य मुनु सिग्देलले स्थिर सरकारले ल्याउन नीति तथा कार्यक्रम समृद्धिको गन्तव्यतर्फ अग्रसर हुने ढंगले आएको बताईन् ।
आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक
प्रदेश ३ को ‘प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक’ विषयगत समितिमा पठाईएको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेका थिए । विधेयक सर्वसम्मत समितिमा पठाउने निर्णय भएको छ । अब विधेयकमाथि अर्थ तथा विकास समितिमा दवाफार छलफल हुनेछ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)