Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नीति तथा कार्यक्रममाथि छलफल सकियो

Pradesh-Sava1-1528013357-1528290029.JPG

२३ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ । दुईसम्म चलेको छलफल बुधबार सकिएको हो । 

छलफलमा भाग लिंदै विपक्षी दलकी प्रदेशसभा सदस्य सिर्जना शैज्युले जिर्ण विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसक्ने भन्दै यसबारे नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताईन् । उनले ज्येष्ठ नागरिकको हितमा प्रदेश सरकारले ठोस नीति एवं योजना ल्याउन नसकेको बताईन् । प्रदेशसभा सदस्य डा. राजाराम कार्कीले नीति तथा कार्यक्रम बास्तविकतामा भन्दा भावनामा आधारित भएको भन्दै अमूर्त नीति तथा कार्यक्रमले प्रदेश समृद्ध नहुने बताए ।

प्रदेशसभा सदस्य निमा लामाले प्रदेशको नीति तथा कार्यक्रमले भूकम्प प्रभावितलाई नछोएको बताए । उनले प्रदेश सरकारले आर्थिक बर्ष ०७५/०७६ लाई उद्योग बर्ष घोषणा परेपनि नीति तथा कार्यक्रमले लगानीमैत्री वातावरण बनाउनेतर्फ उल्लेख नगरेको बताए । प्रदेशसभा सदस्य विजया श्रेष्ठ केसीले यौनिक एवं अल्पसंख्यक समुदायलाई नीति तथा कार्यक्रमले उपेक्षा गरेको बताईन् ।

छलफलमा सत्तापक्षीय प्रदेशसभा सदस्य बुद्धिमान माझीले प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने नीति तथा कार्यक्रमले देखाएको भन्दै प्रशंसा गरे भने प्रदेशसभा सदस्य पशुपति चौलागाईले नीति तथा कार्यक्रम समय सापेक्षा रहेको बताए । प्रदेशसभा सदस्य कञ्चन खनालले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै ‘शव्दकोषबाट शव्द छानेर लेखेको सुन्दर कविता’ को संज्ञा दिईन् । उनले लैंगिक समनताबारे नीति तथा कार्यक्रमले समेट्नु जरुरी रहेको भन्दै चेपाङ विकास कार्यक्रमलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताईन् ।

प्रदेशसभा सदस्य मुनु सिग्देलले स्थिर सरकारले ल्याउन नीति तथा कार्यक्रम समृद्धिको गन्तव्यतर्फ अग्रसर हुने ढंगले आएको बताईन् ।

आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक
प्रदेश ३ को ‘प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक’ विषयगत समितिमा पठाईएको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेका थिए । विधेयक सर्वसम्मत समितिमा पठाउने निर्णय भएको छ । अब विधेयकमाथि अर्थ तथा विकास समितिमा दवाफार छलफल हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार