१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर जनतालाई आश देखाए पनि काम गर्न नसकेको बताए ।
एमालेप्रति कटाक्ष गर्दै मन्त्री केसीले अरु पार्टी जस्तो हावा गफमा आशा देखाएर जनता अल्मल्याउने काम काँग्रेसले नगर्ने भन्दै जनताको दिर्घकालिन हित सोचेर काम गर्ने बताए । सरकार संविधानले तोकेको मितिमा तीनवटै निर्वाचन गराउन प्रतिवद्ध रहेको समेत उनले दावि गरे । सरकारको मूख्य ध्यान संविधान कार्यान्वयनमा रहेको भन्दै मन्त्री केसीले सबै दललाई विश्वस्त पार्दै तोकेको समयमै निर्वाचनसहितका कार्य पुरा गर्न तत्पर रहेको बताए ।
उनले सहमति, सहकार्य र सहअस्तित्वको अवधारणाका साथ अघि बढ्न प्रतिपक्षसहितका दललाई आग्रह गरे । संविधानमा देखिएका केही असहमतिका बुँदालाई संशोधन गरेर भएपनि असहमत पक्षलाई मूल धारमा ल्याई संविधानको पूर्ण कार्यान्वयनमा सरकारले काम गरिरहेको बताए । संविधानको कार्यान्वयन गर्नु प्रमुख दलको दायित्व रहेको भन्दै उनले कुनै पनि दलले बहानाबाजी गर्दै संविधान कार्यान्वयन गर्नबाट उम्कन नमिल्ने बताए । संविधानको पूर्ण कार्यान्वयनका लागि क्रियाशिल हुन आफ्ना कार्यकर्तालाई समेत निर्देशन दिए । व्यक्तिगत विचार भन्दा पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनले काँग्रेस लोकतन्त्रका आधारभुत र विश्वव्यापी मान्यताबाट कहिल्यै पछि नहट्ने बताए ।
काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले संविधान कार्यान्वयन गर्न नसकेकै कारण ओली नेतृत्वको सरकार ढलेको बताए । उनले संक्रमणकालको अन्त्यका लागि तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै यसका लागि सबै दल एकमत हुनु आवश्यक रहेको बताए । कार्यक्रममा काँग्रेस नुवाकोट सभापति जगदिशनरसिंह केसी, मकवानपुर सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने लगायतले कार्यकर्ताहरुलाई स्थानीयस्तरमा पार्टीको जिम्मेवारी प्रतिवद्ध भएर निर्वाह गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, नगर र गाउँ तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपाली काँग्रेस थाहा नगर समिति सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तस्विर : शिव देवकोटा
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




