Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पदमपोखरीमा सप्ताहको आयव्यय सार्वजनिक

Padampokhari-Campus-1528535955.JPG

२६ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति २०७४ चैत २१ गतेदेखि २९ गतेसम्म भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
शनिबार क्याम्पस प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो । सप्ताहमा कुल ३७ लाख २२ हजार ५१ रुपैयाँ संकलन भएकोमा ८ लाख ८ हजार ८ सय १० रुपैयाँ खर्च भएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीले जानकारी दिए । आम्दानीतर्फ दाताहरुबाट ३६ लाख ९७ हजार र चन्दा बाकसबाट २४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै सहयोग रकम दिने उद्घोष गरेकाहरुबाट ६२ हजार ६ सय ६६ रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।
सप्ताहमा गोपी बर्तौलाले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद मैनालीले ५ लाख १० हजार र राजेन्द्र मैनालीले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै खर्चतर्फ सम्मान पत्र १ लाख ७ हजार ८० रुपैयाँ, छापाखानामा ६७ हजार ४ सय २०, खाद्यान्नमा ५६ हजार ५ सय १६, यातायात तर्फ ४५ हजार २ सय ५६, अतिथि सत्कारमा ५ हजार, विविधतर्फ १६ हजार ६ सय १०, प्रचार प्रसारमा ७९ हजार र पाण्डाल पण्डिततर्फ ३ लाख ९३ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जनाइएको छ । संकलित रकम क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधारको निम्ती उपयोग गरिने छ ।
सप्ताहमा संकलित रकम आयोजक समितिद्वारा क्याम्पस संचालक समितिलाई हस्तान्तरण समेत गरिएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्याम्पस प्रमुख कृष्णमाया लटौलाले  संचालन गरेको कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकरबहादुर रोक्का, आर्थिक उपसमितिका संयोजक विष्णुमाया लामा, सदस्य बिरु थोकर, संचारकर्मी ज्योति न्यौपाने, दिपा लामा, सहयोगी दाताहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सप्ताह ज्ञान महायज्ञमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।
२०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले समेत चासो दिएर सोही क्याम्पसमा अध्ययन गर्ने उद्घोष समेत गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार