२६ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति २०७४ चैत २१ गतेदेखि २९ गतेसम्म भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
शनिबार क्याम्पस प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो । सप्ताहमा कुल ३७ लाख २२ हजार ५१ रुपैयाँ संकलन भएकोमा ८ लाख ८ हजार ८ सय १० रुपैयाँ खर्च भएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीले जानकारी दिए । आम्दानीतर्फ दाताहरुबाट ३६ लाख ९७ हजार र चन्दा बाकसबाट २४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै सहयोग रकम दिने उद्घोष गरेकाहरुबाट ६२ हजार ६ सय ६६ रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।
सप्ताहमा गोपी बर्तौलाले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद मैनालीले ५ लाख १० हजार र राजेन्द्र मैनालीले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै खर्चतर्फ सम्मान पत्र १ लाख ७ हजार ८० रुपैयाँ, छापाखानामा ६७ हजार ४ सय २०, खाद्यान्नमा ५६ हजार ५ सय १६, यातायात तर्फ ४५ हजार २ सय ५६, अतिथि सत्कारमा ५ हजार, विविधतर्फ १६ हजार ६ सय १०, प्रचार प्रसारमा ७९ हजार र पाण्डाल पण्डिततर्फ ३ लाख ९३ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जनाइएको छ । संकलित रकम क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधारको निम्ती उपयोग गरिने छ ।
सप्ताहमा संकलित रकम आयोजक समितिद्वारा क्याम्पस संचालक समितिलाई हस्तान्तरण समेत गरिएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्याम्पस प्रमुख कृष्णमाया लटौलाले संचालन गरेको कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकरबहादुर रोक्का, आर्थिक उपसमितिका संयोजक विष्णुमाया लामा, सदस्य बिरु थोकर, संचारकर्मी ज्योति न्यौपाने, दिपा लामा, सहयोगी दाताहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सप्ताह ज्ञान महायज्ञमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।
२०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले समेत चासो दिएर सोही क्याम्पसमा अध्ययन गर्ने उद्घोष समेत गरेका छन् ।
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)
