Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हिमाल महिलाको वार्षिकोत्सवमा सम्मानित

Himal-mahilaaa-1528550216.jpg

२६ जेठ, हेटौंडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २० औं वार्षिक उत्सव कार्यक्रममा दर्जन बढीलाई सम्मान गरिएको छ ।
प्रदेश नम्बर ३ सामाजिक मन्त्रालयकी दुर्गा घिमिरे,महिला तथा बालबालिका कार्यालय, मकवानपुरगढीकी प्रमुख मन्दिरा थापा, संस्थाकी पूर्वअध्यक्षहरु सोविता पोखरेल,निर्मला लम्साल,भीमकुमारी न्यौपाने,ज्येष्ठ सदस्य शिवमाया संजेल,साईलीमाया लो, सरस्वती सञ्जेल, गंगा अधिकारी र कान्छीमाया वाईवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी असली कारोवारी सुकमाया गोले, असली बचतकर्ता नुनकुमारी अधिकारी, बालबचत तर्फ प्रकृति घिमिरेलाई सम्मान गरिएको थियो । बेसार खेतीमा अम्विका पराजुली, पाठापाठी साटासाटमा मुक्तकुमारी अधिकारी,राधिका हुमागाई,सावित्री लम्साल र प्रवेशिका परीक्षामा उत्कृष्ठ अंक ल्याउने नवराज अधिकारी र जयन्ती दाहाललाई पनि सम्मान गरिएको थियो ।
मकवानपुरगढी गाउँपािलकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष जानुका दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तेजप्रसाद लम्साल, नेपाल बंगालदेश बैकका निरजकुमार चटौत, महिला जागरण सहकारीकी उपाध्यक्ष अनिता सापकोटा, संस्थाकी व्यवस्थापक शुभद्रा घिमिरे, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार