१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् ।
बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् । अन्य समयमा भन्दा चाडवाडको भिडमा यस्ता सामान कटाउन सजिलो हुने भएकाले गलत प्रवृत्तिका व्यापारीहरु अहिले सक्रिय भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र उपभोक्ता मञ्चको संयुक्त टोलीले हेटौंडा बजारका खाद्यान्न तथा किराना पसलबाट म्याद गुज्रिएको खाद्य पदार्थ, फोहोर सामग्री फेला पारेको छ ।
अनुगमन टोलीले त्यस्ता व्यापारीलाई एक पटक भन्दै सामानमात्रै जफत गरी नष्ट गरेको छ । बजारका दुई दर्जन किराना पसलबाट करीब १ लाख रुपैँया मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, प्रहरी नायब निरीक्षक विश्वनाथ यादब, घरेलु तथा साना उद्योग कार्यालयका प्रणय अर्याल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढुङ्गाना, राष्ट्रिय उपभोक्ता मञ्चका महेश अग्रवाल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा लगायतले बजार अनुगमन गरेका थिए ।
बजार अनुगमन गरेपनि ठोस कारवाही नहुँदा व्यवसायीहरु पटक पटक गलत काम गर्न सक्रिय हुने गरेको उपभोक्ताहरुको गुनासो छ ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...














-1780-1781487498.jpg)

