प्रतिवेदन प्रस्तुत गर्दै अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल
३० जेठ, हेटौँडा । प्रदेश नम्बर ३ मा कृषि आयमा कर लगाउन लागेको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् ।
प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले यसको विरोध गरेका हुन् । प्रदेशसभा सदस्य प्रभात तामाङले कृषि आयमा कर लगाउन नहुने भन्दै यसले मूल्य बृद्धि गर्ने बताए । उनले कृषिमा कर लगाउँदा गरिब, किसानमाथि अन्याय हुने भन्दै यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य रिना गुरुङले कृषिमा कर लगाउनु बेठिक भएको भन्दै यसलाई हटाउन माग गरिन् । उनले अहिलेसम्म कृषि क्षेत्रमा दिएको सुविधा नै अपुग भईरहेको अवस्थामा कर लगाउनु अनुपयुक्त हुने बताईन् ।
प्रदेशसभा सदस्य सिता अधिकारीले कृषिमा कर लगाउने नभई विउविजन, कृषि औजारमा छुट दिनुपर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराईन् । प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिंदै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले नयाँ विषय भएकाले कृषि करबारे धेरै चर्चा हुनुलाई स्वभाविक भएको बताए । उनले कृषकले कृषि उत्पादन विक्रि गर्दा वा व्यापारीले विक्रि गर्दा कर लगाउने यसबारे प्रदेश सरकार स्पष्ट हुनुपर्ने बताएका थिए ।
प्रदेशसभामा पेश भएको विधेयकमा ‘कृषि आयमा कर लगाउन सकिनेछ’ भनिएको छ । यसको स्पष्टिकरणमा ‘कृषि आय भन्नाले धान, गहुँ, कोदो, फापर, मकै, फलफुल, तरकारी, आलु, मासुजन्य पर्दाथ, माछा, दुध, तेल्हन जस्ता अन्य खाद्य बस्तुको उत्पादनको विक्रिबाट हुने आयलाई सम्झनु पर्दछ’ भनिएको छ ।
यसअघि, बैठकमा दुई प्रतिवेदन प्रस्तुत भएका थिए । बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश आकस्मिक कोष विधेयक र वित्तीय हस्तान्तरण सम्बन्धि विधेयक प्रतिवेदनसहित पेश गरेका हुन् । विधेयक एक साता अघि दफावार छलफलका समितिमा पठाईएको थियो । छलफल पछि सभापति नेपालले प्रदेश सभा बैठकमा प्रतिवेदनसहित पेश गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







