१ असार, हेटौँडा । प्रदेश ३ सरकारले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैँयाको बजेट ल्याएको छ । ३ नम्बर प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार अर्थात ६१.०८ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड व्यवस्थापन गरिने ढुंगेलले बताए । बटेजमा प्रदेशका १ सय १९ स्थानीय तहको लागि समानिकरण अनुदान बाँडफाँड गर्न १ अर्ब रुपैँया छुट्याईएको छ ।
सशर्त अनुदानतर्फ विभिन्न प्रकृतिका योजनाका लागि ३ अर्ब ६३ करोड ८२ लाख रुपैँया रकम विनियोजन गरिएको छ र विनियोजन गर्दा प्रति स्थानीय तह १ करोड रुपैँया भन्दा कम नहुने गरी व्यवस्था मिलाईएको जनाईएको छ । विशेष अनुदान प्रति जिल्ला एक स्थानीय तहका हिसाबले विशेष अनुदानको रुपमा बाँडफाँड गर्न ६५ करोड रुपैँया विनियोजन गरिएको छ र यो रकम प्रति स्थानीय तहर्ला विशेष कार्यक्रमका लागि ५ करोड रुपैँया रकम विनियोजन गरिनेछ । बजेटमा ५० योजनाको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ भने हेटौँडा र सिन्धुपाल्चोकमा बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाईएको छ ।
त्यसैगरी, ५ लाख रुपैँयासम्मको योजनामात्रै उपभोक्ता समितिमार्फत सम्पन्न गर्ने जनाईएको छ । हेटौँडा–कुलेखानी र रसुवाको वेत्रावतिमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ । काठमाण्डौंमा लिफ्ट पार्किङको सम्भाव्यता अध्ययन गरिने जनाईएको छ । १ घर एक रोजगार, उद्योग बर्ष घोषणा, प्रदेश लागनी बोर्ड, दुध विकास बोर्ड जस्ता कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
बजेट प्रतिक्रिया
प्रदेश ३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बजेटमा बढि सम्भाव्यता अध्ययनको मात्रै कुरा गरेपनि ठोस गरेर बजेट विनियोजन गर्न नसकेको बताए । संघीयतापछिको पहिलो बजेट भएकाले यसका नकारात्मक पाटोबारे खोतल्नु भन्दा कार्यान्वयनमा दवाव दिनु जरुरी रहेको बताए । प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले सिमान्तकृत, लोपोन्मुख समुदायलाई बजेट नछोएको भन्दै शव्दमात्रै खर्चिएको बताए । प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेटमा रोजगारीको सिर्जना जस्ता केही सकारात्मक विषय भएपनि बजेटमा धेरै अध्ययनका विषय समेटिएपनि बजेट उल्लेख नहुनु जायज नभएको बताए । उनले रातो किताव वितरण नगरेको प्रति समेत आपत्ति जनाए ।
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

-1780361868.jpg)











-1779500375.jpg)



