२ असार, हेटौँडा । “चुरे संरक्षण हाम्रो कार्यभार,बनाउँ यसलाई समृद्धिको आधार”भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा हेटौँडामा वृक्षरोपण तथा पुरस्कार वितरण गरिएको छ ।
हेटौडा–१६ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला वन कार्यालय,मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा खयर,चाप,ईपिल लगायतका २ सय विरुवाको वृक्षरोपण गरिएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय,मकवानपुरले चुरे दिवसको अवसरमा आयोजना गरिएको “चुरे क्षेत्र आजको आवश्यकता विषयक” निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो । प्रतियोगितामा बुद्ध माविकी उर्मिला मुक्तान प्रथम, महेन्द्र माविका प्रवेश चोलागाई द्धितिय र प्रभात माविका राजकुमार गोले तृतिय भएका थिए ।
जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम चिसापानी सामुदायिक वनका अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराई,हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा,हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, पशु प्राविधिक विश्वनाथ यादव,जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमार सिह खडका लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
सरकारले चुरे क्षेत्रको जंगलको संरक्षण गर्न आव ०६७/०६८ मा राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन गरि चुरे क्षेत्रको वनजंगल संरक्षण गर्दै आएको छ ।
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

















-1786686763.jpg)
