Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?

Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि प्रदेश सरकारले ल्याएको बजेटको आलोचना भएको छ । बैठकमा सोमबार बजेटमाथिको छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गन्तव्यहिन बजेटप्रति पूर्ण असहमति रहेको बताए ।

उनले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा केन्द्रित ढंगको भएकोले यसप्रति पूर्ण असहमति रहेको बताए । उनले नारा र शव्दले भन्दा व्यवहारले प्रदेश समृद्ध हुने भन्दै बजेटले यसलाई सम्बोधन गर्न नसकेको बताए । उनले बार्षिक १० हजार जनाको स्वास्थ्य परिक्षण गर्ने गरी मूख्यमन्त्री स्वास्थ्य परिक्षण योजना ल्याएको प्रति कटाक्ष गर्दै प्रदेशका ५५ लाख जनसंख्याको स्वास्थ्य परिक्षण गर्न ५ सय ५५ बर्ष कुर्ने भन्दै प्रश्न गरे । कार्यकर्ताको मात्रै स्वास्थ्य परिक्षण गर्ने खालको ‘हावादारी’ योजनाले बजेटलाई हावादारी बनाई दिएको भन्दै उनले ‘कालो सुन भैसी नै हुन्’ भन्ने सरकारले भैसी किन्न २ प्रतिशतमा ऋण उपलव्ध गराउने कुरा राख्न नसकेकोप्रति आपत्ति जनाए । बजेट गरिबमारा, किसानमारा र मुलुकमारा भएको भन्दै एकपक्षीय ढंगले आएको बजेटमा आफुहरुको समर्थन नरहेको बताए ।

बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्य घनश्याम दाहालले प्रदेश गौरबका योजनालाई मूर्त ढंगले बजेट नआएको गुनासो गरे । पर्यटकीय क्षेत्रहरुलाई समानुपातिक ढंगले बजेटमा नसमेटिएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए । कालो सुन भैसी नै हुन् भन्ने नाराले पशुधनमा भैसीको मात्रै सम्बोधन हुने भएकाले यसलाई हटाउन माग गरे । अर्का सत्तापक्षीय प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भुकम्प पीडितलाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै ध्यानार्कषण गराएका थिए भने कृषि सडकको बजेट विनियोजनको ठोस आधार प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले ५ बर्षभित्र प्रदेशलाई समृद्ध बनाउने अवधारणाको प्रशंसा गरे । अर्का प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले बजेटले जनतामा आशा र भरोसा जगाएको बताउँदै उद्देश्य र प्राथमिकता स्पष्ट हुनुपर्नेमा ढुलमुले भएको भन्दै सुधारका लागि सुझाव दिए ।

नेमकिपाकी प्रदेशसभा सदस्य सिर्जना सैज्युले बजेटमार्फत ‘चटके’ ले जस्तै प्रदेश सरकारले जनतालाई झुक्याउने काम गरेको बताईन् । उनले बजेटले १३ जिल्लालाई समानुपातिक ढंगले नहेरेको भन्दै पक्षपातपूर्ण रहेको टिप्पणी गरिन् । उनले बजेटलाई ‘थोत्रो कागजको गन्हाउने फुल’ को संज्ञा दिईन् ।

राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले बजेट २ जिल्लाका लागि मात्रै केन्द्रित भएको भन्दै प्रदेशको हुन नसकेको बताईन् । उनले कृषिमा कुखुरा व्यवसाय, केरा खेति र मौरीपालन व्यवसायलाई उपेक्षा गरेको भन्दै यस्तो निरासाजनक बजेट कसका लागि ल्याएको हो बुझ्न नसकेको बताईन् । प्रदेशसभा सदस्यहरुको बजेटमाथिको छलफल सोमबार सकिएको छ । छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले असार ६ गते दिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार