Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

४१ दिनमै किन भयो त एसपि श्रेष्ठको सरुवा ?

 डिएसपी झाको पनि सरुवा

35496553_1671096896308947-1529342409.jpg

सुनिल शिवाकोटी 
४ असार, हेटौँडा
। मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भुमिका  खेल्न सफल  र मकवानपुरमा मौलाएको तस्करी न्यूनीकरण गर्न सफल भएका मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र  श्रेष्ठको जिल्लाको प्रहरी प्रमुखको पदभार ग्रहण गरेको ४१ दिनमै  सरुवा भएको विषयले मकवानपुरे जन्ताको मनमा प्रश्न उव्जिएको छ ।   आईतबार प्रहरी प्रधान कार्यालय   काठमाडौले  श्रेष्ठलाई काजमा फिर्ता बोलाएको हो ।  

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा  पत्रकार भेटघाटको मार्फत एसपी श्रेष्ठले आफ्नो ४१ दिने कार्य प्रगति विवरण पनि सार्वजनिक गर्दै  उनले मकवानपुर प्रहरी प्रमुखको जिम्मा समालेको दिन देखी जिल्लाको शान्ति सुरक्षा देखि अबैध लागु औषधको न्यूनीकरण, गोरुको अबैध ढुवानी , गैर कानुनी क्रसर उद्योग बन्द, विना दर्ता संचालनमा रहेका ट्युसन सेन्टर, व्युटिपार्लर संचालनमा कडाई लगाएतका  निकै महत्वपुर्ण काम गर्न प्रहरी सफल भएको बताए । त्यसैगरी एसपी श्रेष्ठले  गाँजा काट्ने मेसिन ल्याई ,प्रहरी कार्यालयबाटै सिसिटिभीले बिभिन्न सडकको निगरानी, फ्री वाइफाई, चोरीका मोवाइल र मोटरसाइकल फेला पारी धनिलाई जिम्मा लगाउने काम भएको बताए । 
उनले प्रहरीमा सरुवा भढुवा नियमित प्रकृया भएको भन्दै आफु जहा गएपनि शान्ति कायम गर्न लागने बताए । उनले मकवानपुर बसाईको ४१ दिन सफल भएको यस जिल्लाबाट धेरै कुरा सिक्न पाएको भन्दै आफ्नो मिसन सफल पार्न संचारकर्मीहरुको अल्लेखिय  सहयोग रहेको  भन्दै  संचारकर्मीहरुलाई धन्यवाद व्यक्त गरे  । प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा बुद्धिराज गुरुङलाई  मकवानपुर पठाउने भएको छ ।   
त्यसैगरी  मकवानपुर प्रहरीका  डिएसपी दिलिपराज झाको पनि सरुवा भएको छ  । झाको महानगरी प्रहरी परिसर ललितपुर सरुवा भएको छ ।  डिएसपि झालाई   पनि मकवानपुरको शान्ति पकृयामा अब्बल मानिएको थियो । उनले मकवानपुरको करिब ११ महिनाको बसाईमा धेरै कुरा सिक्ने अबसर मिलेको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार