सुनिल, शिवाकोटी
७ असार, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असार ५ गतेदेखि हेटौँडाको पल्पसा हलमा बसेको ७७ अेटा जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आजको सम्पन्न बन्द सत्रमा ३४ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा व्यक्त गरेका छन ।
ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौँका कृष्ण (सवुज) वानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरी, सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी.सी., रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङका हर्कजंग बहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी) का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानियाँले आफ्नो आफ्नो धारणा व्यक्त गरेका हुन ।
हेटौंडामा पल्पसा सभाहलमा सुरु भएको बन्द सत्रमा बिहिबार ३४ जिल्ला सभापतिहरुले पार्टीको कार्यशैली र तिन तहमै भोग्नु परेको पराजयको आलोचना गरेका छन । जसमा ५ जिल्लाका सभापतिहरुले हिन्दुराष्ट्रको कुरा उठाएका हुन । आफ्नो धारणा व्यक्त गर्नै क्रममा ईलाम जिल्ला सभापति हिमालय कर्माचार्यले अग्रज नेताहरुलाई बोल्न नदिएको यस्तो गल्ती गर्दा पार्टी एकता नचाहनेहरुलाई बल पुगेको बताए । त्यसैगरी डडेल्धुराका सभापति कर्ण मल्ल, पर्साका सभापति अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङ्काका सभापति कीर्ति खड्का, पर्वतका खिम प्रसाद भुसालले पार्टीले हिन्दुरास्ट्रको मुद्दा लिएर जानुपर्ने कुरामा जोड दिए । त्यसैगरी चितवनका सभापति जित नारायण श्रेष्ठले निर्वाचनमा माओवादीलाई र राप्रपालाई भोट हालेर केही नपाएको बताए ।
त्यसैगरी रामेछाप जिल्ला सभापति लभश्री न्यौपानेले जिल्ला समितिहरुलाई कुनै अधिकार नदिएको भन्दै आलोचना गरे । दोलखाका रुद्र खड्काले चुनावमा बेहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भन्दै सभापति देउवाको बचाउ गरे ।त्यसैगरी मकवानपुरका सभापति ईन्द्रबहादुर वानियाँले पार्टी पक्तिमा परिवर्तन आउनु पर्नै कुरामा जोड दिए ।
केही सभापतिहरु र र्शीष पंक्तिका नेताहरुको धारणा व्यक्त गर्न बांकि रहेकोले भोली शुक्रबार हेटौंडा घोषणापत्र जारी गर्दै समापन हुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







