Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२१ बुदे घोषण पत्र जारी गर्दै सकियो कागेस जिल्ला सभापतिहरुको भेला

1-1529681399.jpg

८ असार, हेटौँडा । असार ६ गतेबाट हेटौंडामा  जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला शुक्रबार २१ बुदे हेटौंडा घोषणा –पत्र जारी गर्दै सम्पन्न भएको छ ।  भेलाले प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि पार्टी नेतृत्वलाई अनुरोध गरेको छ ।

          कस्तो  छ  त घोषणापत्र 

१। पार्टी विधानसम्वन्धी बिभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट बिधान संसोधन एवं परिमार्जन हुने कुरामा यो भेला विश्वास ब्यक्त गर्दछ ।
२। विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरुको सामना गर्न एकताबद्ध भै सशक्त ढंगले अघि बढ्ने संकल्प गर्दछ ।
३। केन्द्रिय समितिको बैठकले ूराष्ट्रिय जागरण अभियानू प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवस्यक कार्यक्रम तर्जुमा गरिअविलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो पुरै बर्षलाई ूप्रशिक्षण बर्षू को रुपमा अघि बढाऊन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।
४। जिल्ला सभापतिहरुको समेत प्रतिनिधित्व हुनेगरी अबिलम्ब बिधान मस्यौदा समिति गठन गर्न केन्द्रीय कार्य समितिलाई यो भेला अनुरोध गर्दछ ।
५। महासमितिको बैठकको स्थान र मिति अबिलम्ब तोक्न यो भेला केन्द्रीय कार्य समितिलाई हार्दिक अनुरोध गर्दछ ।
६। प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।
७। पार्टी भित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता , सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालार्इ अक्षरश कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्व समक्ष यो भेला हार्दिक अनुरोध गर्दछ ।
८। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी वनाइनेछ ।
९। संबिधानसम्मत हुने गरि सबै तहको संरचना निर्माण गर्न आबश्यक कार्यविधि बनाउन केन्द्रिय कार्यसमितिलाई यो भेला अनुरोध गर्दछ ।
१०। अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ(सस्थाहरूको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिबेशन गर्न पार्टी केन्द्रीय समितिलार्इ यो भेला अनुरोध गर्दछ ।
११। कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद(उन्मूख रहेको प्रष्टछ । अतस् लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृढतापुर्वक उभिने प्रण गर्दछ ।
१२। कम्युनिष्ट सरकार बनेपछि आम नागरिकले चर्को मुल्यबृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलाले गम्भिरतापूर्वक लिएको छ । मुल्यबृद्धि बारे एकातर्फ प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति र मूल्य वृदीको विरोधमा आम विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रस्ट्याएको छ । यसै क्रममा नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना दोहोरिएमा यो भेला सरकारबिरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।
१३। निर्वाचनको बेला स्थीरताको नारा दिने तर शासन(प्रणालीलाई नै अस्थिरता तर्फ धकेल्ने गरि राष्ट्रपतीय प्रणाली बारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्वारा निर्मित वर्तमान संविधानलाई विफल पर्ने षडयन्त्रको रुपमा लिन्छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने, लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्न उध्द्यत तत्वहरुलाई सहयोग पुर्याउने खतरातर्फ सचेत गर्न चाहन्छ ।
१४। तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत रहेको भेला ठहर गर्दछ ।
१५। संविधान निर्माण तथा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराई मधेशमा रहेको भावना समेतलाई ध्यानमा राखि तत्कालीन समयमा नेपाली कांग्रेस नेतृत्वमा रहेका सरकारहरुले गरेको संविधान शंशोधनको प्रस्तावलाई राष्टघात भन्ने हरु नै आज संसोधन आबश्यक रहेको निष्कर्षमा पुग्नु तिनको नैतिक पराजय र हाम्रो राजनैतिक विजय हो । शंसोधन गर्छौं भन्ने तर अलमल्याइ राख्ने र त्यसलाई सत्ताको सौदावाजीका लागि प्रयोग गर्ने प्रबृत्तिलाई मधेसमाथिको नयाँ षडयन्त्र हो ।
१६। नेपाली कांग्रेसको नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने , क्यान्सर , मृगौला रोगी ,स्पाइनल इन्ज्युरी लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५००० उपलब्ध गराउने , ६५ बर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने जस्ता बिगतका जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षा प्रतिको सम्बेदनहिनतालाई उदाङ्गो पारेको छ । अबिलम्ब यी कार्यक्रमहरुलाई निरन्तरता दिन यो भेला जोडदार माग गर्दछ ।
१७। नेपालको संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेतलाई कुण्ठित गर्दै वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट बिनियोजनले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउदै लगेबाट यो सरकार संघियताबिरोधि बाटोमा अग्रसर भएको प्रस्ट हुन्छ । यो भेला संबिधान बिरोधि कार्यको भत्सर्ना गर्दछ ।
१८। वर्तमान सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको छ । पूर्वाग्रहपूर्ण ढङ्गले क्रमागत बहुबर्षीय विकास निर्माणका योजनाहरु समेत कार्यक्रमबाट हटाइएका प्रति यो भेला गम्भीर आपत्ति प्रकट गर्दछ ।
१९। देसैभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण , अलग विचार राख्ने नेता कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने , गिरफ्तार गर्ने , मुद्दा चलाउने जस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दुरासयपूर्ण यस्ता गतिबिधि तत्काल बन्द नगरिए यो भेला देशब्यापी आन्दोलनमा उत्रिने चेतावनी दिन्छ ।
२०। द्वन्दकालमा कब्जा गरिएका जग्गा सम्वन्धितले नै प्राप्त गर्नु पर्ने विगतको सम्झौतालाई स्मरण गराउँदै त्यसभन्दा विपरित गर्न लागिएको षडयन्त्रलाई गम्भिरता पूर्वक लिदै भेलाले आपत्ति व्यक्त गरेको छ ।
२१। नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजन गर्ने केन्द्रिय कार्यसमिति तथा आतिथ्यपूर्ण व्यवस्थापन
गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्लालाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।


 

2-1529681400.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार