Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सरकारबाट उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकको गुनासो

LGBTI-1530014840.jpg


१२ असार, हेटौँडा । संघीयदेखि प्रदेश सरकारबाट आफुहरु उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् । 
निल हिरा समाज काठमाण्डौंले मंगलबार हेटौँडामा गरेको संचारकर्मीसंगको अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले आफुहरुलाई सबै तहका सरकारले उपेक्षा गरेको गुनासो गरेका हुन् । 
संघीयताले पछि परेका र अल्पसंख्यक समुदायको हितमा काम गर्ने अपेक्षा गरिएपनि अहिले प्रस्तुत भएका संघीयदेखि स्थानीय तहसम्मको नीति तथा कार्यक्रम र बजेटले यो समुदायलाई उपेक्षा गरेको उनीहरुको भनाई छ । निल हिरा समाजका उपनिर्देशक परशुराम राईले आफुहरु अधिकारको लडाईमा लागेको डेढ दशक नाघिसकेको बताउँदै संघीयतामा पनि आफुहरुको मुद्धालाई सम्बोधन गर्न राज्य तहले उदासिनता देखाएको आरोप लगाए । राज्यले विभिन्न अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गर्नुका साथै संविधानमा पनि यो समुदायको अधिकारबारे स्पष्ट उल्लेख गरेपनि संघीयदेखि स्थानीय तहसम्मले यसलाई कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अघि नसारेको बताए । 
कार्यक्रममा बोल्दै निल हिरा समाजका परियोजना अधिकृत विश्वराज अधिकारीले नेपालमा ९ लाखको हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको जनसंख्या रहेको बताउँदै उनीहरु पहिचानको आधारमा सरकारी कार्यालयमा रोजगारी पाउनबाट बन्चित रहेको बताए । कार्यक्रममा फ्रेन्ड्स हेटौँडाका सुरज थापा, बर्षा मगर लगायतले आफुहरु राज्य, समाज र परिवार दुबैको उपेक्षामा परेको भन्दै आफुहरु ठूलो समस्यामा रहेको बताए । 
आफुहरुको अधिकार प्राप्तिको लडाईमा संचारमाध्यमको सकारात्मक भूमिका रहेको भन्दै यसको निरन्तरताको अपेक्षा समेत उनीहरुको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, संचारकर्मी इन्दिरा न्यौपाने, निल हिरा समाजका संचार अधिकृत माधव दुलाल लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकार प्राप्तिका क्रममा रहेको भन्दै उनीहरुको आवाजलाई राज्यतहसम्म पु¥याउन संचारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार