Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

काउन्सिलबारे प्रेस युनियन बोल्यो (विज्ञप्तिसहित)

nepal-press-union-1530199884.jpg

१४ असार, हेटौँडा । नेपाल प्रेस काउन्सिलसंग जोडिएर पछिल्लो समय भईरहेका घटनाबारे नेपाल प्रेस युनियनले धारणा सार्वजनिक गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै काउन्सिलबारे पछिल्लो समय सार्वजनिक भईरहेका घटनाक्रमहरुलाई युनियनले गम्भिरतापूर्वक लिएको जनाएका छन् । विज्ञप्तिमा काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय नभएको जनाईएको छ । 
 

यस्तो छ विज्ञप्ति

मितिः २०७५।३।१४
प्रेस विज्ञप्ती
प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई नेपाल प्रेस युनियनले गम्भिरतापूर्वक नियालिरहेको छ। सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय हैन। यहि बीचमा आम नागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुने दुखद अवस्था समेत बनेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुख थुन्ने हतियारको रुपमा प्रयोग हुँदै आएको विद्युतिय कारोवार ऐनका कारण प्रहरीले कार्वाही गर्ने अवस्थाबाट सञ्चारकर्मी र सञ्चारमाध्यका बिषय प्रेस काउन्सिलमा ल्याउने बारेमा विगतमा प्रेस काउन्सिलको भुमिका सह्रानिय छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस काउन्सिलका नेतृत्व तथा पदाधिकारीहरुको भुमिकाको हामी सम्मान गर्छौ। तर केहि दिनयता नेपाली जनमत नै बाँडिने गरि प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरुले हामीलाई गम्भिर बनाएको छ। त्यसको प्रतिक्रियामा काउन्सिलका तर्फबाट चालिएका कदमहरुले पनि विगतमा काउन्सिलकै तर्फबाट भए गरिएका अभ्यासहरुलाई खण्डित गर्ने चिन्ता हामीलाई भएको छ।

नेपाल प्रेस युनियन प्रेस काउन्सिललाई वदनाम गराउने कुराको पक्षमा छैन भने कुनै पनि अर्थमा अराजकताको समर्थन पनि गर्दैन। यसको अर्थ शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट छ। यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशिल पत्रकारहरु र आम नागरिकहरुलाई उनीहरुले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भिर भएका छौ। सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा समेत नयाँ रहेको हाम्रो समाजमा सबै बिषयको हल प्रहरी प्रसासनको वलमा खोज्ने र तिनलाई विद्युतिय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भुमिकामाथि प्रश्न उठेको छ। सरकार समेत काउन्सिल तथा यसको नेतृत्व तहलाई प्रयोग गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै निर्देशित लोकतन्त्रतर्फ उद्यत भएको होकी भन्ने आशंका पैदा भएको छ। सामाजिक सञ्जालमा ब्यक्त अभिव्यक्तिसँग जोडिएका सबै बिषयलाई विद्यतिय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले हामीलाई सहि बाटोतर्फ लैंजादैन भन्नेमा युनियन दृढ छ। तसर्थ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियन काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल गर्दछ। धन्यवाद। जय नेपाल।

अजयबाबु शिवाकोटी
महासचिव


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार