१४ असार, हेटौँडा । एशियाली मुलुक जापान विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
जापान विश्वकपको समूह एचबाट उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका हो । यसै समूहको कोलम्बिया भने समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले पराजित भयो । पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।
विहिबारनै भएको अर्को खेलमा कोलम्बिया सेनेगललाई पराजित गर्दै ६ अंकसहित समूह विजेताका रुपमा छनोट भएको हो ।
विश्वकपको इतिहासमै कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको यो पहिलो पटक हो । समूह चरणको खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलो कार्ड बेहोरेकाले उ अर्काे चरणमा पुग्न सफल भएको हो । सेनेगलले तीन खेलमा गरी ६ वटा पहेँलो कार्ड पाएको थियो भने जापानले ४ वटा पहेँलो कार्ड पाएको थियो ।
विहिबार रुसको भोग्लोग्राड एरिनामा सम्पन्न समूह चरणको अन्तिम खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डका लागी खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो । यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।
यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हराउँन सफल भयो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलका लागी यारी मिनाले गोल गरे । यारीको गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न समेत सफल भयो ।
प्रिक्वार्टरफाइनलमा कोलम्बियाले समूह जीको विजेता र जापानले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह जीको विजेताको छिनोफानोका लागी राति पौने १२ बजे इंग्ल्याण्ड र बेल्जियम भिड्दैछन् ।
(एजेन्सी)
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


