Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यौपानेले दिए तामाङ विद्यार्थीलाई छात्रवृत्ति

received_171407503717655-1530289497.jpg

१५ आसार,हेटौडा ।नेपाली कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलाको सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम सहयोग गरेका छन् ।

तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच न्यौपानेले  गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत रहेका उनले चुनावमा हार व्यहोरेपनि आफूले गरेका प्रतिवद्धताहरु सकेसम्म पूरा गर्ने अभियानमा आफू रहेको बताए । ‘म राजनीतिसंगै व्यवसायमा पनि आबद्ध छु, कमाएको रकमको केही प्रतिशत समाजसेवामा लगाउने उद्देश्य अनुरुप अघि बढिरहेको छु’, उनले भने, ‘चुनावको बेला यो विद्यालयलाई सहयोग गर्छु भनेर बोलेको पनि थिए । मलाई सामाजिक काम गर्दा सन्तोष मिल्ने गरेको छ ।’ समाजसेवालाई संस्कारको रुपमा विकास गर्नुपर्ने औंल्याउँदै उनले गाउँपालिकाको अध्यक्षको रुपमा सेवा गर्न नपाए पनि आफ्नो तवरले समाज सेवामा लागिरहने प्रतिबद्धता समेत जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार पाख्रिनको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय त्रिरत्न प्राविका अध्यक्ष गुणसिंह रुम्बा, सीता माविका सल्लाहकार चन्द्रबहादुर मोक्तान, व्यवस्थापन समिति सदस्य शान्तिमाया थिङलगायतले विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउँदै सहयोगीको खाँचो रहेको औंल्याएका थिए । विद्यालयमा ६ सय बिद्यार्थी रहेकोमा २ जना बाहेक सबै तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत रहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार