१७ जेठ, हेटौँडा । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ सरकारले प्रतिपक्षको अवमूल्यन गरे सद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रदेशसभा बैठकमा बोल्दै विपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले यस्तो चेतावनी दिएका हुन् ।
छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सपना ठूलो बाँड्ने प्रदेश सरकारले बजेट विनियोजन गर्दा भने थोरै बाँडफाँड गरेको बताए । उनले स्थानीय तहले जस्तो २–४ लाख रुपैँयाको बजेटसमेत प्रदेश सरकारले विनियोजन गरेको भन्दै आलोचना गरे । उनले प्रदेश गौरवका योजना भनेर नामाकरण गरेपनि बजेट भने नछुट्याएकोप्रति आपत्ति जनाए । पानीको मुहान संरक्षणका लागि भन्दै १५ लाख मात्रै विनियोजन गरेर सरकारले हाँस्यास्पद काम गरेको बताए । उनले भोजभतेर, तालिम, सेमिनार, गोष्ठीमा बजेट छुट्टयाएर अनियमिता गर्न खोजेको भन्दै यसबाट प्रदेश समृद्धि नहुने बताए । उनले मन्त्रीमुखी, नारामुखी र एकांकी खालको बजेट आएको आरोप लगाए । बजेटप्रति आफुहरुको पूर्ण असहमति रहेको भन्दै नसच्चिए सदन अवरुद्ध समेत गर्ने चेतावनी दिए ।
बैठकमा बोल्दै सत्तापक्षीय प्रदेशसभा सदस्य सिता अधिकारीले बजेटबारे बोल्दा सन्तुलन कायम गर्नुपर्नेबारे आफु जानकार रहेको भन्दै तर बजेटप्रति सन्तुष्ट नरहेको बताईन् । उनले योजना मागेर मन्त्रीहरुले आफुहरुलाई झुक्याएको गुनासो गरिन् । राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले नेताहरुको नाममा शालिक, पार्क, उद्यानमा ठूलो बजेट खर्च गरिएकोप्रति कटाक्ष गर्दै शालिक जोगाउन समेत बजेट विनियोजन गर्न सुझाव दिईन् । उनले शव्दले मात्रै समृद्धि नआउने भन्दै समानुपातिक बजेट वितरणमा सरकार चुकेको बताईन् ।
बैठकमा विपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विजया केसी श्रेष्ठ, न्हुच्छेनारायण श्रेष्ठ, पुकार महर्जन लगायतले बदनियतपूर्ण ढंगले मन्त्रीमुखी बजेट ल्याईएको भनदै विरोध गरे । उनीहरुले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनामा पुन डिपिआरका लागि बजेट विनियोजन भएकोप्रति आपत्ति जनाए ।
बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्यहरु प्रदिपकुमार कटुवाल क्षेत्री केसी, रामकाजी श्रेष्ठ, सिता लामा, शशीजंग थापा लगायतले प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय आवश्यक रहेको, बजेट समृद्धिको लक्षतर्फ उन्मुख भएको र सन्तुलित ढंगले आएको बताएका थिए । विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)