१७ जेठ, हेटौँडा । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ सरकारले प्रतिपक्षको अवमूल्यन गरे सद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रदेशसभा बैठकमा बोल्दै विपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले यस्तो चेतावनी दिएका हुन् ।
छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सपना ठूलो बाँड्ने प्रदेश सरकारले बजेट विनियोजन गर्दा भने थोरै बाँडफाँड गरेको बताए । उनले स्थानीय तहले जस्तो २–४ लाख रुपैँयाको बजेटसमेत प्रदेश सरकारले विनियोजन गरेको भन्दै आलोचना गरे । उनले प्रदेश गौरवका योजना भनेर नामाकरण गरेपनि बजेट भने नछुट्याएकोप्रति आपत्ति जनाए । पानीको मुहान संरक्षणका लागि भन्दै १५ लाख मात्रै विनियोजन गरेर सरकारले हाँस्यास्पद काम गरेको बताए । उनले भोजभतेर, तालिम, सेमिनार, गोष्ठीमा बजेट छुट्टयाएर अनियमिता गर्न खोजेको भन्दै यसबाट प्रदेश समृद्धि नहुने बताए । उनले मन्त्रीमुखी, नारामुखी र एकांकी खालको बजेट आएको आरोप लगाए । बजेटप्रति आफुहरुको पूर्ण असहमति रहेको भन्दै नसच्चिए सदन अवरुद्ध समेत गर्ने चेतावनी दिए ।
बैठकमा बोल्दै सत्तापक्षीय प्रदेशसभा सदस्य सिता अधिकारीले बजेटबारे बोल्दा सन्तुलन कायम गर्नुपर्नेबारे आफु जानकार रहेको भन्दै तर बजेटप्रति सन्तुष्ट नरहेको बताईन् । उनले योजना मागेर मन्त्रीहरुले आफुहरुलाई झुक्याएको गुनासो गरिन् । राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले नेताहरुको नाममा शालिक, पार्क, उद्यानमा ठूलो बजेट खर्च गरिएकोप्रति कटाक्ष गर्दै शालिक जोगाउन समेत बजेट विनियोजन गर्न सुझाव दिईन् । उनले शव्दले मात्रै समृद्धि नआउने भन्दै समानुपातिक बजेट वितरणमा सरकार चुकेको बताईन् ।
बैठकमा विपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विजया केसी श्रेष्ठ, न्हुच्छेनारायण श्रेष्ठ, पुकार महर्जन लगायतले बदनियतपूर्ण ढंगले मन्त्रीमुखी बजेट ल्याईएको भनदै विरोध गरे । उनीहरुले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनामा पुन डिपिआरका लागि बजेट विनियोजन भएकोप्रति आपत्ति जनाए ।
बैठकमा सत्तापक्षीय प्रदेशसभा सदस्यहरु प्रदिपकुमार कटुवाल क्षेत्री केसी, रामकाजी श्रेष्ठ, सिता लामा, शशीजंग थापा लगायतले प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय आवश्यक रहेको, बजेट समृद्धिको लक्षतर्फ उन्मुख भएको र सन्तुलित ढंगले आएको बताएका थिए । विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







