Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पूर्व विजेतलाई टाइब्रकरमा रोक्दै रुस विश्वकपको क्वार्टरफाइनलमा

1-1530491481.jpg

१८ असार, हेटौँडा । पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीमा लिइएको हो ।
रुसको जितमा नायक बनेका गोलरक्षक इगर अकिनफिभले स्पेनका कोके र इयागो आसपासको प्रहार रोकेका थिए । स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले मात्रै गोल गरे । यस्तै रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरे ।
खेलको १२औं मिनेटमै उपहार गोलमार्फत स्पेनले अग्रता लिएको थियो । स्पेनको प्रहार जोगाउने क्रममा रुसका सेर्जेई इग्सानेभिचले दुर्भाग्यवस आफ्नै पोष्टमा गोल गरेका थिए ।
खेल अवधिभर ७० प्रतिशत बल पोजिसन बनाएको स्पेनले ४१औं मिनेटमा पेनाल्टीमा गोल खान पुग्यो । जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्तेम ज्युवाले गोलमा परिणत गरे ।
रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् १९९० मा सोभियत युनियन टुक्रिए यता रुसले चौथो विश्वकप खेलेकोमा पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
(एजेन्सी)

2-1530491481.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार