1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

आकाशबाट बादल चोरी भएको संगिन आरोप 

iran1-1530623515.jpg

१९ असार, हेटौँडा । ईरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएको छ । 
ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । 
ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन आशंकाको घेरामा रहेको छ । उनले विदेशी हस्तक्षेपका कारण ईरानमा जलवायु परिवर्तनको नकारात्मक असर धेरै हुने गरेको दावी गरेका छन् ।
ईरानको आकाशमा बादल छाए पनि वर्षा नहोस् भन्ने चाहनाले इजरायल र उसको सहयोगी मुलुकले ईरानी आकाशका बादललाई निस्क्रिय बनाउने गरेको उनको आरोप छ ।
यसअघि ईरानका पूर्वराष्ट्रपति मोहमद अहमदीनेजादले पनि यस प्रकारको आरोप लगाएका थिए । उनले युरोपेली मुलुकले विशेष उपकरण प्रयोग गरी बादललाई कैद गर्ने गरेको आरोप लगाएका थिए ।
ईरानका मौसम विभागका प्रमुख अहद वजिफले भने यस प्रकारको तर्क सहि नभएको बताएका छन् । उनले बादल कसैले पनि चोरी गर्न नसक्ने बताए । ईरानमा लामो समय खडेरी रहेको स्वीकार गर्दै उनले यसलाई विश्वमै भइरहेको समस्या भनेका छन् ।
(एजेन्सी)

iranss-1530623515.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

मकवानपुरमा शुक्रबार ५ हजार ८७६ ले दिए एसइई
FB_IMG_1742463505565_edit-1742542070.jpg

८ चैत, हेटौंडा। बिहीबारबाट सुरु भएको यस वर्षको एसइई परीक्षा अन्तर्गत शुक्रबार (आज) मकवानपुरका २८ परीक्षा...

सिरहाका सिडिओ मन्त्रालय तानिए
Screenshot_20250321_11492-1742537170.jpg

८ चैत, लहान। सिरहाका  प्रमुख जिल्ला अधिकारी(सिडिओ)मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान गृह मन्त्रालय स्रोतले...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
Gold-1742536830.jpg

८ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको एक हजार र चाँदी ३५ रुपैयाँ घटेको हो...

फिफा विश्वकप छनौट :ब्राजिलले कोलम्बियालाई हरायो
Screenshot_20250321_10285-1742532312.jpg

८ चैत, एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले...

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
nagarik-unmukti-party1690-1742522122.png

८ चैत, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ ।   विहान ११ बजे मध्य बानेश्वरस्थित...

कैलाशको विपन्नसँग अध्यक्ष कार्यक्रम: ७ जनाले गरे सम्झौता
Screenshot_20250321_07302-1742521613.jpg

८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७...

थप समाचार