Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रात्रीभोजको बजेटबारे विरोध नगर्न मूख्यमन्त्रीको आग्रह

DM-Paudel1-1530630987.jpg

१९ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आगामी आर्थिक बर्षको बजेट पारित भएपछिको रात्रिभोजमा विनियोजन भएको बजेटको विरोध नगर्न आग्रह गरेका छन् । 
प्र्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले विरोध नगर्न आग्रह गरेका हुन् । उनले भने–‘हात जोडेर भन्छु रात्रीभोजको बजेटबारे विरोध नगर्नुस् ।’ बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । बजेट विनियोजनमाथि प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए । 
रात्रिभोजका लागि विनियोजन गरिएको १० लाख रुपैँयाको समर्थन गर्दै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पनि बजेट पास भएको खुशीयालीमा अहिले छुट्याएको १० लाख अपुग भएको भन्दै थप १० लाख छुट्याउनुपर्ने बताएका थिए । उनले आफुले पनि धेरैसंग बजेट निर्माणका क्रममा सुझाव लिएको, कर्मचारीसमेत यसमा खटिएको भन्दै केही रमाईलो गर्नका लागि बजेट विनियोजन भएको बताए । ३५ अर्ब बजेटको अति नै न्यून बजेट रात्रि भोजमा राखेको भन्दै विरोध गर्नु नपर्ने बताए ।
प्रदेशसभा बैठकमा मूख्यमन्त्री पौडेलले विगतमा विस्तृत परियोजना प्र्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनाबारे बजेट परेकोबारे सरकारलाई जानकारी नभएको भन्दै यसको जिम्मेवारी योजना दिनेले नै लिनुपर्ने बताएका थिए । उनले यसमा त्रुटी भएको स्विकार गर्दै आगामी दिनमा यस्तो हुन नदिन राष्ट्रिय योजना आयोगमार्फत योजना कार्यान्वयन गरिने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार