Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अबैध रुपमा संचालित रियल युनिक ईन्स्टिच्युट बन्द,  संचालक  प्रक्राउ

D-Police-1506340151-1531061280.JPG

२४ असार , हेटौँडा ।  हेटौँडा ४ स्कुल रोडमा अबैध रुपमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युट  बन्द गर्नुका साथै संचालकलाई प्रक्राउ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले  असार १४ गते  ७ दिन भित्र हेटौँडामा अबैध रुपमा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रलाई प्रकृया पुरा गरी संचालन गर्न पत्रचार गरे पनि  हेटौँडा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु दर्ता प्रक्रियामा नगएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडा  सानोपोखराबाट खटि गएको प्रहरी र अनुगमन टोलीले  आईतबार हेटौँडा बजार बिना अनुमती संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुको अनुगमन  गरेको थियो  । 
अनुगमनका क्रममा मकवानपुरबाट सार्वजनिक सुचना समेत जारी भएको अवस्थामा नेपाल सरकारको निति नियम तथा सुचना समेतलाई अबज्ञा गरी कारोवार सन्चालन गरेको अवस्थामा टोलीले मकवानपुर हेटौँडा  ४ स्कुल रोडमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युटका संचालकलाई प्रक्राउ गर्नुका साथै ईन्स्टिच्युट बन्द गराएको प्रहरीले जनाएको छ ।
अनुगमनका क्रममा हेटौँडा  ४ स्कुल रोडमा संचालित  ईन्स्टिच्युटले नाम मात्र राखि कारोवार खोली अनुमति नलिईकन ब्रिलियन्ट एजुकेशन एण्ड सर्सेज प्रा.लि.को शाखा भनि प्रमाणपत्र देखाई बिभिन्न ब्यक्तीहरुलाई  आएल्स तथा टोफेल जस्ता भाषा शिक्षा प्रशिक्षण गर्नुका साथै बिभिन्न ब्यक्तिहरुको पासपोर्ट लिई कार्यालयमा राखी बिभिन्न राष्ट्रमा पढ्न पठाउन शैक्षीक परामर्स दिने गरेको पाईएकोले  रियल युनिक कम्प्युटर ईन्स्टीच्युटका सन्चालकलाई नियन्त्रणमा लिईएको र ईन्स्टीच्युट बन्द गरिएकोे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए । 
सिंहका अनुसार हेटौंडा ४ स्कुल रोडमा संचालित रियल युनिक कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटले २०७१ सालमा काठमाडौंको ब्रिलिएन्ट एजुकेशनलाई दिएको स्वीकृतिबाट यहाँ रियल युनिक संचालन गरेको पाइएकोले संचालकलाई पक्राउ गरेको बताए । उनले इन्स्टिच्युटबाट ४ वटा पासपोर्ट पनि बरामद गरिएको जनाकारी दिए ।

यता प्रकृया पुरा नगरेका अन्य केही कन्सल्टेन्सी संंचालकहरु भने अनुगमन भएको थाहा पाएपछि  कन्सल्टेन्सी  बन्द गरेर फरार अनुगमन टोलीमा रहेका वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । 
श्रेष्ठले आईतबार  आधा र्दजन भन्दा  बढी कन्सल्टेन्सीहरुको अनुगमन गरिएको र  यस्ता खाले प्रकृया पुरा नगरी संचालन रहेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुलाई निगरानी गरिने र अनुगमनलाई निरन्तरता दिने  बताए ।
विना स्विकृति संचालित शैक्षिक परामर्शको बिषयमा निरन्तर प्रस्ट खबरको टिमले खबरदारी गर्दै  फलोअप गरेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार