Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टोल विकास संस्था वडा समन्वय समितिमा श्रेष्ठ

Tol-1531548564.jpg

३० असार, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् । 

समितिको शुक्रबार भएको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८ मत पाएका हुन् । यसैगरी उपाध्यक्षमा देवनारायण चौलागाई विजयी भएका छन् । चौलागाईले ३९ मत प्राप्त गर्दा उनका प्रत्यासी सुभद्रा बर्तौलाले ३५ मत प्राप्त गरे । यसैगरी सचिवमा यज्ञबहादुर आचार्य र कोषाध्यक्षमा दिनेश पराजुली  विजयी भएका छन ।

सचिव पदमा आचार्यले ३९ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी विडारीले ३५ मत र कोषाध्यक्ष पदमा पराजुलीले ४५ मत प्राप्त गर्द उनका प्रत्यासी लक्ष्मी सापकोटाले ३० मत प्राप्त गरेका हुनु । समितिको सदस्यमा भने सर्वसम्मत चयन भएको छ । समितिको सदस्यमा तारा कप्रौला, मैया मुक्तान, बुद्धिनाथ न्यौपाने, सरिता बिडारी, जानुका बानीया, लक्ष्मी मैनाली, लक्ष्मी पौडेल चयन भएका छन् । समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका सदस्य रामचन्द्र न्यौपाने, जुना दहाल, हेटौंडा ७ नम्वर वडा सदस्य ज्ञानु थापा, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्मिला श्रेष्ठ, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष फुलमान श्रेष्ठ, सामूदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका उपाध्यक्ष सालिकराम पूडासैनी, त्रिभूवन उच्च माविका प्राचार्य केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी, सति न्यौपानेलगायतको आतिथ्यता  रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार