२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । पार्टी सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारको गलत प्रवृत्ति रोक्न दवाव दिने उद्देश्यले आन्दोलन चर्काउने निर्णय गरेको हो ।
बैठकमा बोल्ने पार्टी सल्लाहकार र जिल्ला सदस्यहरुले नेकपा नेतृत्वकको सरकारले जनतालाई मार पर्ने गरी करमा अध्याधिक बृद्धि गरेको, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गरेको, न्यायलयमाथि हस्तक्षेप गरेको, स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत गोविन्द केसीको माग पुरा गर्न वेवास्ता गर्ने लगायतका गतिविधि बढाएकाले यसको विरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताएका थिए । कांग्रेस मकवानपुरले केन्द्रीय निर्देशन अनुसार साउन १५ गते हेटौँडामा प्रर्दशन गर्ने निर्णय गरेको छ ।
यसैगरी, पार्टीको जिल्ला सहसचिवमा रामबाबु बानियाँ मनोनित भएका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले बानियाँलाई सहसचिवमा मनोनित गरेका हुन् । बानियाँको मनोनयनलाई जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको छ । त्यसैगरी, जिल्ला सदस्यमा नवराज सुवेदी र सुनिल अधिकारीलाई मनोनित गरेको छ । बैठकले विभिन्न १९ विभाग गठन गरी संयोजकहरु समेत तोकेको छ । जिल्लामा हुने प्राकृतिक विपदमा राहत एवं उद्धारका लागि पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला सचिव आनन्द कठायतलाई संयोजक तोकी गाउँ, नगर एवं जिल्ला तहसम्म समन्वय गरी राहत र उद्धारमा खटिने निर्णय गरेको छ । बैठकले विपि स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने र सरकारको अधिनायकवादी प्रवृत्तिको विरुद्ध साउन १५ गते गर्ने जिल्लास्तरीय विरोध प्रर्दशनलाई प्रभावकारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







