२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । पार्टी सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारको गलत प्रवृत्ति रोक्न दवाव दिने उद्देश्यले आन्दोलन चर्काउने निर्णय गरेको हो ।
बैठकमा बोल्ने पार्टी सल्लाहकार र जिल्ला सदस्यहरुले नेकपा नेतृत्वकको सरकारले जनतालाई मार पर्ने गरी करमा अध्याधिक बृद्धि गरेको, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गरेको, न्यायलयमाथि हस्तक्षेप गरेको, स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत गोविन्द केसीको माग पुरा गर्न वेवास्ता गर्ने लगायतका गतिविधि बढाएकाले यसको विरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताएका थिए । कांग्रेस मकवानपुरले केन्द्रीय निर्देशन अनुसार साउन १५ गते हेटौँडामा प्रर्दशन गर्ने निर्णय गरेको छ ।
यसैगरी, पार्टीको जिल्ला सहसचिवमा रामबाबु बानियाँ मनोनित भएका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले बानियाँलाई सहसचिवमा मनोनित गरेका हुन् । बानियाँको मनोनयनलाई जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको छ । त्यसैगरी, जिल्ला सदस्यमा नवराज सुवेदी र सुनिल अधिकारीलाई मनोनित गरेको छ । बैठकले विभिन्न १९ विभाग गठन गरी संयोजकहरु समेत तोकेको छ । जिल्लामा हुने प्राकृतिक विपदमा राहत एवं उद्धारका लागि पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला सचिव आनन्द कठायतलाई संयोजक तोकी गाउँ, नगर एवं जिल्ला तहसम्म समन्वय गरी राहत र उद्धारमा खटिने निर्णय गरेको छ । बैठकले विपि स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने र सरकारको अधिनायकवादी प्रवृत्तिको विरुद्ध साउन १५ गते गर्ने जिल्लास्तरीय विरोध प्रर्दशनलाई प्रभावकारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)