Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले संसद चल्न नदिने जनाएपछि बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको हो । 
विहिबार दिउँसो २ बजे बैठक शुरु भए लगतै विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी प्रवृतितर्फ उन्मुख भएकोले संसद चल्न नसक्ने बताएका थिए । उनले ३ नम्बर प्रदेश भुकम्प प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले केही सम्बोधन गर्न नसकेको, संविधान विपरित बजेट बक्तव्यमा जनयुद्ध शव्द प्रयोग गरेको, अनावश्यक ढंगबाट कर बढाएर भुकम्प पीडितमाथि आर्थिक भार बढाएको, उद्योग बर्ष घोषणा गरेपनि राहतको कुनै प्याकेज ल्याउन नसकेको लगायतका विषयहरु उठान गरेका थिए । 
त्यस लगतै कांग्रेसका प्रदेश सभा सदस्यहरू उठेर अवरुद्ध गरेपछि सभामुख सानू कुमार श्रेष्ठले प्रदेश सभा स्थगित भएको जनाएका थिए । विहिबारको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दिपक निरौलाले अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने, मूख्यमन्त्री तथा मन्त्रीपरिषदको सेवा तथा सुविधासम्बन्धी विधेयकमा प्रदेश मामिला समितिले बनाएको प्रतिवेदन समितिका सभापति माधवप्रसाद पौडेलले सभामा प्रस्तुत गर्ने कार्यसूचि तय भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार