Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ को बैठक अर्को सूचना नभएसम्म स्थगित

Pradesh-Sava-1532065137.JPG

४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार विहान ११ बजेका लागि प्रदेशसभा भवन हेटौँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो । 
प्रदेशसभा सचिवलायलले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ । विहान ११ बजेका लागि बोलाईएको प्रदेशसभा बैठक विशेष कारणबश अर्को सूचना नभएसम्मका लागि सभामुखको आदेश अनुसार स्थगित गरिएको प्र्रदेशसभाका निमित्त सचिव मोहन निरौलाद्वारा जारी सूचनामा उल्लेख छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले आफुहरुको माग सम्बोधन नभएसम्ममा प्रदेशसभा बैठक अघि बढन् नदिने अडान राखेको थियो । 
शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, संविधान विपरित सभामुख र उपसभामुख एकै दलको भएको, प्रदेशसभाले भूकम्प प्रभावितलाई वेवास्ता गरेकोे, उद्योग बर्ष घोषणा गरेपनि कर बृद्धि गरेको, मूल्यवृद्धि भएको, सिमेन्ट, गिट्टी, ढुंगा, वालुवामा अध्याधिक कर लगाइएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरेको लगायतका मुद्धा कांग्रेसले उठाएको छ । 
यी मुद्धा अघि सारेर कांग्रेसले विहिबार पनि प्रदेश सभा बैठक पनि अवरुद्ध गरेको थियो । कांग्रेसले अवरोध गरेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार