१० साउन, हेटौँडा । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले बिहीबारबाट हेटौँडामा ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु गरेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले मकवानपुरमा पत्रकारिताको ठूलो सम्भावना भएको औँल्याउँदै तालिममा सिकेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन आग्रह गरेका छन् । पत्रकारितामा सम्भावना र चुनौति दुबै रहेको कुरामा जोड दिँदै सिक्ने र घरमा बस्ने भन्दा पनि पत्रकारिता तालिम लिएर फिल्डमा उत्रन सुझाव दिइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान, अग्रज पत्रकार मनोहर ढकाल, प्रशिक्षक रिपेश दाहाल, रेडियो अनमोलका स्टेसन म्यानेजर बालकृष्ण दाहाल, रेडियो संचालक समितिका सदस्य माधव गौतम लगायतको उपस्थिति रहेको थियो । ५ दिने तालिममा रेडियो पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, स्क्रिप्ट लेखन, समाचार लेखन, नव रस लगायतका विषयमा आधारभूत प्रशिक्षण दिईने रेडियो अनमोलकी कार्यक्रम संयोजक सलिना ढुङ्गेलले जानकारी दिईन् ।
तालिममा उत्कृष्ट हुने ३ जनालाई रेडियो अनमोलमै रोजगारीको व्यवस्था गर्ने र अन्य उत्कृष्टलाई समेत विभिन्न सञ्चार माध्यममा रोजगारीका लागि समन्वय गरिने बताइएको छ । तालिममा ५५ जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी छन् । कार्यक्रम रेडियो अनमोल संचालक समितिका सदस्य कृष्णराज कोईरालाको अध्यक्षतामा भएको थियो ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



