Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो अनमोलको रेडियो पत्रकारिता तालिम शुरु

Radio-Anmol-Training-1532616021.jpg

१० साउन, हेटौँडा । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले बिहीबारबाट हेटौँडामा ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु गरेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले मकवानपुरमा पत्रकारिताको ठूलो सम्भावना भएको औँल्याउँदै तालिममा सिकेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन आग्रह गरेका छन् । पत्रकारितामा सम्भावना र चुनौति दुबै रहेको कुरामा जोड दिँदै सिक्ने र घरमा बस्ने भन्दा पनि पत्रकारिता तालिम लिएर फिल्डमा उत्रन सुझाव दिइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान, अग्रज पत्रकार मनोहर ढकाल, प्रशिक्षक रिपेश दाहाल, रेडियो अनमोलका स्टेसन म्यानेजर बालकृष्ण दाहाल, रेडियो संचालक समितिका सदस्य माधव गौतम लगायतको उपस्थिति रहेको थियो । ५ दिने तालिममा रेडियो पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, स्क्रिप्ट लेखन, समाचार लेखन, नव रस लगायतका विषयमा आधारभूत प्रशिक्षण दिईने रेडियो अनमोलकी कार्यक्रम संयोजक सलिना ढुङ्गेलले जानकारी दिईन् ।
तालिममा उत्कृष्ट हुने ३ जनालाई रेडियो अनमोलमै रोजगारीको व्यवस्था गर्ने र अन्य उत्कृष्टलाई समेत विभिन्न सञ्चार माध्यममा रोजगारीका लागि समन्वय गरिने बताइएको छ । तालिममा ५५ जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी छन् । कार्यक्रम रेडियो अनमोल संचालक समितिका सदस्य कृष्णराज कोईरालाको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार