Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘गलत रवैयाविरुद्ध कांग्रेस प्रतिकारमा उत्रन्छ’

P-Congress-1532758306.jpg

१२ साउन, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्यसमितिको आयोजनाको हेटौँडामा एक दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रम उद्घाटनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले वर्तमान सरकारको गलत रवैया बढ्दै गएको भन्दै यसको प्रतिरोधका लागि कांग्रेस कार्यकर्ताहरु तयार रहनुपर्नेमा जोड दिईन् । उनले कांग्रेसले अब सरकारका हरेक गलत कार्यका विरुद्ध सदन र सडकबाट संघर्ष गर्ने भन्दै यसको पहिलो कार्यक्रम साउन १५ गते हुन लागेको बताईन् । 

नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस जनतासंगमात्रै झुक्ने र कुनै पनि तानाशाही प्रवृत्ति विरुद्ध नझुक्ने बताए । उनले जनता उठ्नै नसक्ने गरी कर बढाउने सरकार जनता विरोधी भएको भन्दै यस्तो सरकारबाट कुनै सकारात्मक कामको अपेक्षा गर्न नसकिने बताए । उनले संघीय र प्रदेश सरकारमा सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत वर्तमान सरकारले मिचेको भन्दै यसविरुद्ध कांग्रेसले प्रतिकार गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले जनताको हितमा काम गर्ने नेपाली कांग्रेस नै जनताको पार्टी भएको बताउँदै आगामी दिनमा पनि निरन्तर जनताको साथमा रहने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता एवं नगर सभापति आनन्दराम पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । हेटौँडा उपमहानगरभित्रका कांग्रेसका वडाका पदाधिकारी, स्थानीय तहका उम्मेदवार, विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आवद्ध अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय प्रवक्ता शर्माले प्रशिक्षण दिईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार