Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लागु औषध सहित दुई पक्राउ, नदिजन्य पदार्थ सहित ट्याक्टर नियन्त्रणमा 


१३ साउन, हेटौँडा । मकवानपुर प्रहरीले  लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडा प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा  खटि गएको प्रहरी टोलिले हेटौँडा उपमहानगरपालिका वडा ४ स्थित शिव बाबा पेट्रोल पम्प अगाडी सडकमा बा २८ प ४३ नम्बरको  मोटरसाइकल चेकजाच गर्दा मोटरसाइकल साईकलको एयर फिल्टरमा  लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रोभेट १४२ ट्याब्लेट सहित  मोटरसाइकल  चालक बारा कोल्हवी नगरपालिका ४ बस्ने  ३९ बर्षीया दिपक उप्रेती र  बा २८ प ४३ नम्बरको मोटरसाईकल चालक काभ्रे धुलिखेल नगरपालिका ६ बस्ने बर्ष २० का गोकुल गहतराजलाई पक्राउ गरेको जनाएको छ  । उनिहरुलाई जिल्ला अदालत मकवानपुरबाट लागु औषध मुद्दामा  ७ दिनको म्याद थप गरि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

त्यसैगरी प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटि गएको प्रहरी टोलीले हेटौडा ९ कुखरेनी खोलाबाट  ना ६ त १४७५ र ना ३ त ४२६८ नम्बरको ट्याक्टरहरुमा अबैध रुपमा नदिजन्य पदार्थ लोड गरी कर छली गरी ओसार पोसार गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाईएको छ । नियन्त्रणमा लिईएको ट्याक्टरलाई  आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय पठाईएको  जनाएको छ । 
 

laguaausad-1532879473.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार