Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारलाई दवाव दिन मकवानपुर काँग्रेसले मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने 

38065428_1734791853272784-1532957675.jpg

विरोध कार्यक्रमको जानकारी दिदै नेपाली कांग्रेस मकवानपुरका सभापति बानिया तस्विरः सुनिल/ प्रष्ट खबर


१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले   केन्द्रको  निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको प्रतिपक्षी दलका  नेता इन्द्र बहादुर बानियाँले  संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार गर्न सरकारलाई दबाब दिने  केन्द्रीय कार्यक्रम अन्र्तगत  भोलि  १५ गते मकवानपुरमा पनि विरोध जुलुस आयोजना गरिएको बताए । 
बानियाले  सरकारले असंवैधानिक तवरले विभिन्न निर्णय गरेर जनबिरोधी काम लाई निरन्तरता दिइरहेको भन्दै  संबिधानमा सभामुख र उपसभामुख छुट्टै दलबाट हुनुपर्ने उल्लेख भएपनि सरकारले त्यसलाई  लत्याउदै गम्भिर ढंगले अगाडि बढको भन्दै महङ्गी प्रति सरकार संवेदनशील नभएको भन्दै सरकारको ध्यानाकृष्ट गराउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।  

थप प्रसंङ्गमा नेता बानियाले  सरकारले कर बृद्धी गरी जनताको ढाड सेकेको र भुकम्प पिडितहरुलाई सरकारले विभिन्न  सेवा सुविधा तथा सहुलियत प्रदान गर्नुको सट्टामा  आवास निर्माणका लागि आवश्यक विभिन्न सामाग्रीहरुमा कर बृद्धि गरी जन्ताको ढाड सेकेकोले  विरोध स्वरूप  मकवानपुरमा विरोध जुलुस गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा  काँग्रेस  केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, उप–सभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा  पार्टी नगर सभापति  आनन्दराम पराजुली तरुण विद्यार्थी  लगायत अन्य  पदाधिकारीहरुको उपस्थिति   रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार