१७ साउन, हेटौँडा । मध्यक्रमका व्याट्सम्यानहरु नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल गुमाएको छ । नेपाल नेदरल्याण्ड्सँग ५५ रनले पराजित भयो ।
घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल मध्यक्रमका व्यट्सम्यान चल्न नस्कदा पराजित भएको हो ।
नेपालका सुरुवाती व्यट्सम्यानहरुले राम्रो सुरुवात गरेपनि मध्यक्रम चल्न सकेन । ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले निराश पारेपछि नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रनमात्र समेटियो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र र अनिलले ५८ रनको साझेदारी गरेपनि त्यसपछि भने नेपालको ठूलो साझेदारी बन्न सकेन । बलिङमा उच्च प्रदर्शन गरेका कप्तान पारस खड्का १२ रनमा आउट भए ।
पारस १९ औं र त्यसलगत्तै ज्ञानेन्द्र २० ओभरमा आउट भएपछि नेपालको पारी धर्मराएको हो । ६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौकाका साथ ५१ रन बनाए । अनिलले ३२ बल खेल्दै ३ चौका प्रहार गरे । २१ बल खेलेका पारसले १ चौका तथा ४८ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरे । त्यसपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागी शक्ति गौचनले ९, शरद भेषावकरले ४ र सन्दीप लामिछानेले १ रन बनाए । आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले रनको खाता पनि खोल्न सकेनन् । फिल्डिङ गर्ने क्रममा औलामा चोट लागेपछि शरद १० औं नम्बरमा मात्र ब्याटिङ गर्न आर्लेका थिए ।
घरेलु टोलीका पिटर सिलारले ३, मिचेल रिपोनले २ र फ्रेड क्लासेनले १ विकेट लिएका थिए ।
त्यसअघि भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७. ४ ओभरमा सबै विकेछ गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवाड्र्स १८ रनमा आउट भए भने विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए ।
नेपालका लागि पारसले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए । सोमपालले ३ विकेट, सन्दीप लामिछाने, बसन्त र करणले समान १ विकेट लिए । नेपाल र नेदरल्यान्ड्बीचको दोस्रो एक दिवसिय शुक्रबार हुनेछ ।
(एजेन्सी)
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...




-1792715895.jpg)









-nepal-1792111426.jpg)


