१७ साउन,हेटौडा । मकवानपुर प्रहरीले २ सय ३ केजी गाँजा जिल्लाको फरक फरक स्थानबाट गाजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गर्दै यस विषयको जानकारी गराएको हो । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मकवानपुरको मनहरी गाउँपालिका– ९ खरङ्बाट े बीआर आइपी २३४५ भारतीय नम्बर प्लेटको बोलेरो जीपको सिट तथा हुटको भित्री भागमा लुकाएर राखिएको ८८.७५० किलोग्राम गाँजा सहित जिपमा सवार उदयपुर ताप्ली गाउँपालिका १ पिपलभन्ज्याका ५८ बर्षीय पदम हमाल ठकुरी, सिरहाको धनगढी नगरपालिका– ३ का ३५ बर्षीय सुरेशकुमार महतो, सिरहाको औराही गाउँपालिका– २ का ४४ बर्षीय छेदी दास र मकवानपुरको राक्सिराङ् गाउँपालिका– १ का ४२ बर्षीय कृष्णबहादुर मुक्तान गरी ४ जनालाई पक्राउ गरीएको जिप्रकाका निम्ति प्रबक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
सिराहा घर भएका जिप चालक छेदी लागूऔषध ओसारपसारमा संलग्न भएको मकवानपुर राक्सिराङ्का १ का मोक्तान पनि लागूऔषध कारोवारी भएको प्रहरी अनुसन्धानबाट खुलेको थापाले बताए ।
त्यसैगरी प्रहरीले बिहीबार विहान फल्स बटम बनाई गाँजा लुकाएर लादै गरेको अवस्थामा हेटौँडा उपमहानगर– ११ सरस्वती चोकबाट ना ३ च ४७६२ नम्बरको बोलेरो पिकअप भ्यान र दुई मानिसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त भ्यानबाट ११५ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुली कमलामाई नगरपालिका– १२ का ३६ बर्षीय दिनेश मगर र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ का ३१ बर्षीय ज्ञानबहादुर बुढासैलीलाई उक्त परिणको गाजा सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



