फाईल फोटो
१८ साउन, हेटौँडा । अब हेटौँडा उपमहानगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथसंग सडक जोडीएको बजार क्षेत्रमा पूर्ण रुपमा पार्किङ निषेध गरिने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा प्रजिअ, प्रहरी प्रमुख सहितको स्थानीय प्रशासन सम्मिलित आजको बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।
राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा नो पार्किङ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोकिने निर्णय भएको छ भने राप्तिरोडको दक्षिणतर्फ गरिएको दुई पाङ्ग्रे सवारी साधनको पार्किङलाई हटाईने भएको छ ।
त्यसैगरी हेटौँडा १को चौकीटोल ओरालोदेखि हेडम्बी चोक हुदै बुद्धचोकसम्मको त्रिभुवन राजपथको दाया बाया नो पार्किङ घोषणा गरिने भएको हो । चौकीटोल ओरालोदेखि हेडम्बी चोक हुदै बुद्धचोकसम्मको पार्किङको हकमा पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल कायम गरिने भएको छ ।
त्यस्तै त्रिभुवन राजपथ अन्र्तगत पर्ने बुद्धचोकदेखि फरेष्ट्रिसम्म पनि नो पार्किङ क्षेत्र हुने भएको छ । यस क्षेत्रमा हुदै आएको पार्किङलाई टिसिएनको खाली जग्गामा लगिने भएको छ । साथै नो पार्किङ क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन लोड अनालेड गर्ने व्यवस्था मिलाउनका लागि बिहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड अनलोड गर्न पाईने निर्णय भएको छ । त्यस्तै हेटौाडा ४ स्कूलरोडमा कायम रहेको पार्किङलाई भुटनदेवी स्कल अगाडि कायम गरिने भएको छ । त्यसैगरी बैठकमा कान्ति लोकपथ क्षेत्रमा नो पार्किङ गर्नका लागि यथासिघ्र विकल्प खोजी गर्ने निर्णय भएको छ ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



