१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।
सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि आठौं दिनसम्म पनि प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना अधिकारीले सूचना उपलब्ध नगराएको पत्रकार हुमागाईले प्रष्ट खबरलाई जानकारी दिए । आमभन्ज्याङ–३ निवासी हुमागाईले मागेको सूचना दिनु भनेर राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयूक्तहरु किरण कुमार पोख्रेल र एशोदादेबी तिम्सिनाले आदेश दिएका थिए ।
आयोगले दिएको आदेश असोज ४ गते क्षेत्रिय कार्यालय हेटौडामा ५३३ नम्बरमा दर्ता भएपनि सूचना नदिएका झाले आयोगलाई नै सूचना दिएको भन्दै पन्छिएका छन् । तर आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भने आफुहरुलाई प्राधिकरणले सूचना नदिएको र सूचना माग गर्ने व्यक्तिलाई नै उपलव्ध गराउनुपर्ने बताए । हुमागाईले आव ०७२÷०७३ मा क्षेत्रीय कार्यालय अन्तरगतका जिल्लाको फिडरै पिच्छे बितरण भएको विद्युत युनिट, खपत गरेको युनिट र चुहावट युनिट बारे जानकारी मागेका थिए ।
मौखिक सूचना माग्दा नदिएपछि उनले लिखित निवेदन दर्ता गराएका थिए । आयोगको आदेशको वेवास्ता भएको भन्दै हुमागाईले बुधबार आयोगमा प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख झा र सूचना अधिकारीलाई कारवाही, सूचना नदिंदा भोग्नुपरेको कठिनाईको क्षतिपूर्ति र जरिवान गराउन निवेदन दर्ता गराईएको छ ।
आयोगले कारवाहीका लागि पत्र लेखेपनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई आयोगबाट पत्र लेखेर समेत सूचना उपलब्ध गराईने सूचना आयोगका उपसचिब बाबुराजा श्रेष्ठले बताए ।
१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ...
१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट...
१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो...
१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको...
१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको...
१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न...
११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
११ बैशाख, हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...
२ बैशाख, हेटौंडा । प्रतिभा नाम गरेको फुरनदानामा मरेको माउसुली फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर...