हेटौँडा, २१ साउन । मोटरसाइकललाई ठक्कर दिने टिपर लैजाने क्रममा हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सोमबार दिउसो झडप भएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आइतबार दिउसो १२ बजेदेखि कान्तिलोकपथ अवरुद्ध गर्दै टिपर लैजान रोक लगाएका थिए । सोमबार दिउसो प्रहरीले बल प्रयोग गरेर टिपर लैजान खोजेपछि झडप भएको थियो । पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाही, सडक क्षमता भन्दा बढि सामान बोक्ने सवारी संचालनमा रोक लगाउनुपर्ने लगायतको माग गर्दै स्थानीयले आइतबार दिउँसो १२ बजेदेखि सडक समेत अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर सोमबार अपरान्ह ४ बजे यातायात सुचारु गरेको हो ।
स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले ७ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ५० जना भन्दा बढि प्रहरी खटिएका थिए । प्रहरीले ठक्कर दिने टिपर हेटौँडा उपमहानगरपालिकाको जेसिबि प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पु¥याएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, हरिशरण थापा, रणबहादुर श्रेष्ठसहितलाई पक्राउ गरेको छ ।
आइतबार हेटौँडाबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ बर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो ।
मोटरसाइकलमा सवार गिता न्यौपाने घाइते भएकी छिन् । उनको चितवनमा उपचार भईरहेको छ । वार्ताबाट समस्या समाधान गर्न प्रशासनले वेवास्ता गरेको स्थानीयको आरोप छ । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी र स्थानीयबीच वार्ता भएपनि सहमित नजुटेपछि स्थानीय आक्रोशित बनेका छन् ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



