Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टिपर लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप

प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार

Police3-1533554272.jpg

हेटौँडा, २१ साउन । मोटरसाइकललाई ठक्कर दिने टिपर लैजाने क्रममा हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सोमबार दिउसो झडप भएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आइतबार दिउसो १२ बजेदेखि कान्तिलोकपथ अवरुद्ध गर्दै टिपर लैजान रोक लगाएका थिए । सोमबार दिउसो प्रहरीले बल प्रयोग गरेर टिपर लैजान खोजेपछि झडप भएको थियो । पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाही, सडक क्षमता भन्दा बढि सामान बोक्ने सवारी संचालनमा रोक लगाउनुपर्ने लगायतको माग गर्दै स्थानीयले आइतबार दिउँसो १२ बजेदेखि सडक समेत अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर सोमबार अपरान्ह ४ बजे यातायात सुचारु गरेको हो ।

स्थानीयले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले ७ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ५० जना भन्दा बढि प्रहरी खटिएका थिए । प्रहरीले ठक्कर दिने टिपर हेटौँडा उपमहानगरपालिकाको जेसिबि प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पु¥याएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, हरिशरण थापा, रणबहादुर श्रेष्ठसहितलाई पक्राउ गरेको छ । 

आइतबार हेटौँडाबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ बर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो ।

मोटरसाइकलमा सवार गिता न्यौपाने घाइते भएकी छिन् । उनको चितवनमा उपचार भईरहेको छ । वार्ताबाट समस्या समाधान गर्न प्रशासनले वेवास्ता गरेको स्थानीयको आरोप छ । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी र स्थानीयबीच वार्ता भएपनि सहमित नजुटेपछि स्थानीय आक्रोशित बनेका छन् ।

Police-1533554573.jpg
Police4-1533554822.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार