२१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समुदायलाई बिकासबारे सचेत गराउन बिद्यालय तहदेखिनै पठनपाठनको शुरुवात गरिनुपर्ने बताएका छन् ।
नगरस्तरीय बाल क्लब सञ्जाल हेटौंडाको आयोजनामा मकवानपुर बहस अन्र्तगत सम्पन्न संसदीय बहसमा सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । बहस कार्यक्रमका बिजयीहरुलाई पुरस्कार प्रदान गर्दै उनले आर्थिक बिकासका विषयहरु विद्यालयस्तरीय पाठ्यक्रम समावेश हुनुपर्नेमा जोड दिए ।
बहसकर्ता नेपालका प्रतिनिधिहरुले सकजीकरण गरेको बहस कार्यक्रममा हेटौंडाका समुदायिक तथा निजि विद्यालय गरी १६ बिद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
आइतबार र सोमबार समूहगत रुपमा भएको बहसमा सेमिफाइनलमा ८ र फाइनलमा ४ बिद्यालयहरु छानिएका थिए । सोमबार भएको फाइनल बहसमा महेन्द्र किरण माबि बिजेता भयो । यस्तै प्रगति माबि दोस्रो, बालबोध माबि तेस्रो र जनप्रिय माबि सान्त्वना भए ।
यसैगरि बहसमा सहभागि विद्यार्थीहरुबाट उत्कृष्ट बक्ताहरुमा नविना गौतम प्रथम, एन्जल सत्याल द्धितिय र ममता अवस्थी तृतिय हुन सफल भएको बहसकर्ताका प्रतिनिधी सुसन बिश्वकमाले जानकारी दिए ।
जिल्ला बाल क्लब सञ्जालको समन्वय तथा क्लासिक ग्रुपको प्राबिधिक सहयोगमा सम्पन्न मकवानपुर बहस कार्यक्रममा बालबालिका बिच संसदमा जस्तै सरकार र प्रतिपक्षको भुमिकामा विभिन्न समसामयिक बिषयहरुमा बहस चलाइएको थियो ।
नगर बाल क्लब सञ्जाल हेटौंडाकी अध्यक्ष लक्ष्मी भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिना, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई, बहस कार्यक्रमका निर्णायक बिनोद खत्री, तथा बिभिन्न बालक्लबका प्रतिनिधी र विद्यार्थीहरुको सहभगिता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



