Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नो पार्किङको विरोधमा प्रजिअ र मेयरलाई ध्यानाकर्षणपत्र

received_514286919019368-1533826777.jpg

  २४ साउन, हेटौडा । अहिलेको नो पार्किङ अवधारणा अव्यवहारिक  र  व्यवसायीहरुको हितमा  नभएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा नो पार्किङको बिरोध गर्दै प्रमुख जिल्ला अधिकारी र हेटौंडा उपमहानगरपालिको प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पार्किङ व्यवस्थापनका बिषयमा सरोकारवाला पक्षसँग छलफल गरीने  प्रतिबद्धता व्यक्त गरेका छन्  । त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले व्यवसायीका मागबारे कार्यपालिकामा छलफल गरि निर्णय गर्ने बताएका छन ।

त्यसैगरी राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा विहिबार हेटौँडा बजार बन्द गरिएको थियो । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो । उनीहरुले मकवानपुर उद्योग बाणिज्य संघबाट ¥यालीसहित बजार परिक्रमा गर्दे हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएका थिए । मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति जुटेको भनेपनि राप्तिरोडका व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले बजारका सबै क्षेत्रमा नो पार्किङ गर्नुपर्ने नभए राप्तिरोडमा पनि पार्किङ गर्न पाउनुपर्ने माग राखेका छन् । ट्राफिक प्रहरीले अहिले वन विज्ञान अध्ययन संस्थानदेखि चौकीटोल र बुद्धचोकदेखि राप्तिरोडसम्म नो पार्किङ क्षेत्र घोषणा गरेको छ ।

20180809_143953-1533826777.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार