Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

युवा दक्षता अभिबृद्धिमा लगानी गरेमात्रै देश समृद्ध : मन्त्री दुलाल

Yubraj-Dulal-1534072638.JPG

२७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले युवाहरुको दक्षता अभिबृद्धिमा राज्यले लगानी गर्नुपर्ने बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै मन्त्री दुलालले युवाहरुलाई आत्मनिर्भर बनाउँदै समृद्धि हासिल गर्नुपर्ने भन्दै यसका लागि रोजगारी सिर्जना गर्नु जरुरी रहेको धारणा राखेका थिए । भाषणले मात्रै देशमा रोजगारी सिर्जना नहुने उनको भनाई थियो । रोजगारीको अवसर सिर्जना गर्न युवाहरुको प्रतिभाको संरक्षण र सिर्जनशिलताका लागि राज्यको लगानी आवश्यक रहेकोमा उनले जोड दिए ।
उनले युवाहरुमा रहेको प्रतिभाको पहिचानका लागि युवा बैज्ञानिक कोषको स्थापना गर्न प्रदेश सरकारले १० करोड विनियोजन गरेको बताए । कोषमार्फत युवाहरुको विभिन्न क्षेत्रका प्रतिभाको पहिचान गर्दै यसको उपयोग प्रदेशको विकासमा लगाउनुपर्ने मन्त्री दुलालको भनाई थियो । 
जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका उपसचिव शम्भुप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, युवा अभियन्ता जीवन शर्माले कार्यपत्र अवधारणापत्र प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार