Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

सिरियामा विस्फोटमा परी ३९ जनाको मृत्यु

Siriyaaa-1534125861.jpg

२८ साउन, हेटौँडा । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् ।
सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटबाट सो भवन पुरै भग्नावशेषमा परिणत भएको छ ।
भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ ।
बेलायतको पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हराइरहेकाहरुको खोजी तथा उद्दार भइरहेको जनाएको छ ।
इड्लीब विद्रोही समूहको पहडमा रहेको सिरियाको अन्तिम क्षेत्र हो । सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारले इड्लीबलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।
(एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

थप समाचार