Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश संसदको अधिकार खोस्न खोजेको आरोप

Pradesh-Sava-1534161234.JPG

२८ साउन, हेटौँडा । २४ दिनपछि बसेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सभा बैठकमा सोमबार प्रस्तुत भएका ३ वटा विधेयक प्रस्तुत भएका थिए । प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ‘प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका थिए ।

प्रदेशसभा बैठकमा प्रदेश प्रशासकीय कार्यविधि सम्बन्धी विधेयकमाथि प्रदेशसभा सदस्य राधा घले र रमेश पौड्यालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्विकृत भएको थियो । प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले ‘मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिले बनाएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभालाई सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा नियामावली संशोधन समितिको म्याद १५ दिन थपेको जानकारी दिएका थिए ।

प्रदेश प्रशासकीय कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल गर्दै प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले संसदको अधिकार खोसेर प्रदेश सरकारले दुई तिहाईको दम्भ देखाउन खोजेको बताएका थिए । उनीहरुले प्रदेश दुग्ध विकास बोर्ड कार्यकर्ता भर्ति गर्ने उद्देश्यले आएको भन्दै विरोध गरेका थिए । बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले विधेयक ढिलो आएको भन्दै आलोचना गर्दै सचिवालयलाई समावेशी बनाउन सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार