Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । 
खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । 
तर, साविकको उपविजेता भारतलाई पराजित गर्न नेपालाई कठिन हुनेछ । भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अघि बढेको हो ।
नेपालले समूह चरणमा पाकिस्तानलाई ४–० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो । यता, भारतले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२–० को तथा आयोजक भुटानलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
बिहिबारै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ ।
 खेल चाम्लिङथाङ रंगशालामा साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । 
बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो । 
समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थन बनाउन सफल भएको थियो । 
यता भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दा भारतसँग १–० ले पराजित भएको थियो ।
फाइनल १८ अगस्टमा हुनेछ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार