Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश

1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी संहिताको विरोध नगर्न आग्रह गरेका छन् । उनले संहिताको कार्यान्वयनले अपराध न्यूनिकरण हुने भएकाले विरोध नगर्न आग्रह गरेका हुन् ।
मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा शुक्रबार भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले देशलाई समृद्ध बनाउने हो भने कानूनको कार्यान्वयन हुनुपर्नेमा जोड दिंदै समयानुकल संशोधन भई आएको यो संहिताले अपराध न्यूनिकरण हुने बताए । मूख्यमन्त्री पौडेलले संचारमाध्यमहरुले राम्रो कामको प्रचार नगरेर नराम्रोलाई मात्रै बाहिर ल्याएको बताए । 
‘हाम्रो हेटौँडामा पनि धेरैतिर हरियाली छ, तर पत्रकारहरु पिप्ले कुनातिर गएर खाल्डाखुल्डी भो भनेर समाचार बनाउनु हुन्छ’–उनले भने–‘संचारमाध्यम पनि सकारात्मक भईदिनुपर्यो ।’ मूख्यमन्त्री पौडेलले स्थानीय तहले कानूनले दिएको अधिकार भन्दा बाहिर गएर कर संकलन गरेको पाईए प्रदेश सरकारले दिने अनुदान रोक्का गर्ने चेतावनी दिए । 
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी, संचारकर्मी, स्वास्थ्यसहितका केही क्षेत्रले यसको विरोध गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले अब देशमा कुनै पनि तह र तप्कालाई छुट नहुने भन्दै छाडातन्त्र अन्त्यमा सहयोग आवश्यक रहेको बताए । 
उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधिश पुष्पराज कोइराला, उच्च अदालत बार एशोसियसन हेटौंडाका अध्यक्ष युवराज ओली लगायतले संशोधित संहिता कार्यान्वयनमा सबै क्षेत्रको सकारात्मक सहयोगमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठसहित मन्त्रीहरु, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतले सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार