Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘सामुदायिक वनमाथि निरन्तर प्रहार’

Fecofun-1475226974.jpg

भीमसेन पौडेल
१४ असोज हेटौडा ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका मुद्धालाई वेवास्ता गर्दै निरन्तर हस्तक्षेप गरेको बताईन् ।
वन ऐन २०४९ संसोधन गर्न नहुने बताउँदै महासचिव पाठकले राज्यले सामुदायिक वनलाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाईन् । सामुदायिक वनले उद्यम विकासलाई अगाडी बढाउनु पर्नेमा जोड दिदै उनले समूहमा रहेको विपन्न वर्गको हितमा अधिकतम कार्यक्रम ल्याउनु पर्ने बताईन् ।
 हेटौँडा रेन्जपोष्ट महासंघका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्गतान, हेटौडा ईलाका वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी, नवलपुर सरस्वती बसामाडी सामुदायिक वनका अध्यक्ष माधवप्रसाद सुवेदी,हेटौडा रेन्जपोष्ट महासंघकी महासचिव आरती पाठक, महासंघ सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई,वडा नागरिक मञ्च ११ नं. वडाका संयोजक फूलमान श्रेष्ठ, एमाले ११ नं. वडाका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक बस्ने परम्परा अनुसार कार्यक्रमको व्यवस्थापन नवलपुर सरस्वती सामुदायिक वनले गरेको थियो । कार्यक्रममा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार