Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपालमा सिभिल इन्जिनियरिङ पढाई हुने

Bansha-Gopal-1534837102.jpg

५ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने भएको छ । विद्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा यसै शैक्षित्र सत्रदेखि सिभिल इन्जिनियरिङको कक्षा संचालन हुने जानकारी दिईएको हो । 
विद्यालयले भदौंको अन्तिम साताबाट सिभिल इन्जिनियरिङ ३ बर्षे डिप्लोमा कक्षा संचालन गर्ने विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताए । उनका अनुसार सिटिईभिटिको सम्बन्धनमा मकवानपुरमै पहिलो पटक सिभिल इन्जिनियरिङ डिप्लोमा कक्षा संचालन गरेको छ । शिक्षा मन्त्रालयको साउन २८ गते बसेको मन्त्रीस्तरीय बैठकले बंशगोपाललाई कक्षा संचालन गर्न दिने निर्णय गरेको थियो । देशभर ९५ वटा शैक्षिक संस्थालाई प्राविधिक कक्षा संचालनका लागि अनुमति दिईएकोमा प्रदेश नम्बर ३ मा २८ वटाले पाएका छन् । जसमा मकवानपुरबाट सिभिलमा बंशगोपाल र जनकल्याण मावि पालुङले बाली विज्ञानमा कक्षा संचालनको अनुमति पाएको जनाईएको छ ।
बंशगोपालमा ३० लाख रुपैँयाको लागतमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, इन्जिनियरिङका विभिन्न विधाका प्रयोगशाला, वर्कसप लगायतका पूर्वाधार तयार गरिएको छ । एसर्ईई उर्तिण विद्यार्थीले अध्ययन गर्न पाउने सिभिल इन्जिनियरिङ कक्षाका लागि मन्त्रालयले बंशगोपालमा ४८ सिटमा भर्नाको अनुमति दिएको छ । सिटिईभिटिले संचालन गरेको प्रवेश परीक्षामा उर्तिण भएकालाई सिधैं भर्ना लिने र बाँकी रहेको सिटमा प्रवेश परीक्षा संचालन गर्ने विद्यालयले जनाएको छ । सिभिल इन्जिनियरिङ अध्ययनका लागि एसईई परीक्षामा कम्तिमा विज्ञान र गणितमा सी र अंग्रेजीमा डि प्लस ग्रेड ल्याएको हुनुपर्ने संकाय प्रमुख रविन पाठकले बताए । कक्षा संचालनका लागि विद्यालयमा दक्ष शिक्षकहरुको व्यवस्थापन गरिएको उनको भनाई छ । 
सेमेष्टर प्रणालीमा अध्यापन हुने कोर्षमा ६ सेमेष्टरका लागि २ लाख ५० हजार रुपैँया शुल्क निर्णारण गरेको विद्यालयले जनाएको छ । प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले सामुदायिक विद्यालयले यो कक्षा संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने भन्दै इन्जिनियरिङतर्फ डिप्लोमा कोर्ष संचालनले मकवानपुरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपिएको बताए । 
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य मुकुन्द अधिकारी, तारानाथ खतिवडा, लेखापाल कृष्ण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार