५ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने भएको छ । विद्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा यसै शैक्षित्र सत्रदेखि सिभिल इन्जिनियरिङको कक्षा संचालन हुने जानकारी दिईएको हो ।
विद्यालयले भदौंको अन्तिम साताबाट सिभिल इन्जिनियरिङ ३ बर्षे डिप्लोमा कक्षा संचालन गर्ने विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताए । उनका अनुसार सिटिईभिटिको सम्बन्धनमा मकवानपुरमै पहिलो पटक सिभिल इन्जिनियरिङ डिप्लोमा कक्षा संचालन गरेको छ । शिक्षा मन्त्रालयको साउन २८ गते बसेको मन्त्रीस्तरीय बैठकले बंशगोपाललाई कक्षा संचालन गर्न दिने निर्णय गरेको थियो । देशभर ९५ वटा शैक्षिक संस्थालाई प्राविधिक कक्षा संचालनका लागि अनुमति दिईएकोमा प्रदेश नम्बर ३ मा २८ वटाले पाएका छन् । जसमा मकवानपुरबाट सिभिलमा बंशगोपाल र जनकल्याण मावि पालुङले बाली विज्ञानमा कक्षा संचालनको अनुमति पाएको जनाईएको छ ।
बंशगोपालमा ३० लाख रुपैँयाको लागतमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, इन्जिनियरिङका विभिन्न विधाका प्रयोगशाला, वर्कसप लगायतका पूर्वाधार तयार गरिएको छ । एसर्ईई उर्तिण विद्यार्थीले अध्ययन गर्न पाउने सिभिल इन्जिनियरिङ कक्षाका लागि मन्त्रालयले बंशगोपालमा ४८ सिटमा भर्नाको अनुमति दिएको छ । सिटिईभिटिले संचालन गरेको प्रवेश परीक्षामा उर्तिण भएकालाई सिधैं भर्ना लिने र बाँकी रहेको सिटमा प्रवेश परीक्षा संचालन गर्ने विद्यालयले जनाएको छ । सिभिल इन्जिनियरिङ अध्ययनका लागि एसईई परीक्षामा कम्तिमा विज्ञान र गणितमा सी र अंग्रेजीमा डि प्लस ग्रेड ल्याएको हुनुपर्ने संकाय प्रमुख रविन पाठकले बताए । कक्षा संचालनका लागि विद्यालयमा दक्ष शिक्षकहरुको व्यवस्थापन गरिएको उनको भनाई छ ।
सेमेष्टर प्रणालीमा अध्यापन हुने कोर्षमा ६ सेमेष्टरका लागि २ लाख ५० हजार रुपैँया शुल्क निर्णारण गरेको विद्यालयले जनाएको छ । प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले सामुदायिक विद्यालयले यो कक्षा संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने भन्दै इन्जिनियरिङतर्फ डिप्लोमा कोर्ष संचालनले मकवानपुरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपिएको बताए ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य मुकुन्द अधिकारी, तारानाथ खतिवडा, लेखापाल कृष्ण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



