Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाली क्रिकेट टोलीः अभ्यासमा लगातार दोस्रो जित

Cricket-1535163695.jpg

९ भदौ, हेटौँडा । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल सुचारु हुन नसकेपछि नेपालले डक वर्थ लुईस नियमको आधारमा जित निकालेको हो । 
ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाउदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका सागर पुनले ३ विकेट लिए । ललित भन्डारीले दुई तथा पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ विकेट लिए ।
यसअघि ब्लुमफिल्ड क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको उच्च प्रदर्शनमा नेपाले ३ सय २३ रनको विशाल योगफल तयार पारेको थियो ।  
५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्न सफल रहयो । नेपाली टोलीका लागि दीपेन्द्रले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९५ बल खेलेका थिए । सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४÷४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । यी दुईले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।
नेपालका लागी ओपनरहरु अनिल साह १७ र सुवास खकुरेल ९, कप्तान पारस २३, रोहित ११, करण केसी २६ रन जोडे । नेपालले पछिल्लो खेलमा विश्राममा रहेका कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई टोलीमा स्थान दिदै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामीलाई विश्राम दिएको थियो ।
नेपालले आइतबार कोल्र्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली एसिया कप छनोटको लागि २७ अगस्टमा मलेसिया प्रस्थान गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार