Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिपको लागि घोषित टोलिमा मकवानपुरका तीन खेलाडी समबेश

ANFFFF-1535163168-1535392920.jpg

११ भदौ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि छनौट गरेको २० सदस्यीय राष्ट्रिय टोलीमा मकवानपुरका तीन जना खेलाडी परेका छन । मकवानपुरका अन्जन बिष्ट (फर्वार्ड), सुनिल बल (मिडफिल्डर) र गोल रक्षक एलन न्यौपाने राष्ट्रिय टोलिमा परेका हुन ।  
एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९ सदस्यी टिमबाट २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । 
साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा भदौ १९ गते देखि सुरु हुँदैछ । जहाँ नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएका फरवार्ड जर्जप्रिन्स कार्कीले स्थान बनाउन नसक्दा निराजन खड्काले लामो समयपछि राष्ट्रिय स्थान बनाएका छन् । 
यस्तै डिफेन्डर सुमन अर्याल र हेमन्त थापामगरले २० सदस्यीय टिममा स्थान बनाउन सफल भए ।
नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ ।
नेपालर पाकिस्तानबीचको खेल १९ भदौमा बंगबन्धु स्टेडियममा हुनेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली राष्ट्रिय टोलीमा पर्न सफल खेलाडीहरु:

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने

रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार